वडा अधिवेशन स्थगितपछिको रणनीति तय गर्न पौडेल समूहको बैठक बस्दै

काठमाडौँ - शनिबार बसेको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकले मंगलबारका लागि तोकिएको वडा अधिवेशन स्थगित गरेपछिको रणनीति तय गर्न नेता रामचन्द्र पौडेल समूहको बैठक आज बस्दैछ । महामन्त्री डा. शशांक कोइराला निवास महाराजगञ्जमा मध्यान्ह १२ बजेका लागि बैठक बोलाइएको हो ।
बैठकमा वडा अधिवेशन स्थगितपछिको अवस्था, समूहको अगामी रणनीति र क्रियाशील सदस्यता वितरण र नविकरणमा देखिएको विवादबारे छलफल हुनेछ ।
बैठकमा नेता पौडेलसहित महामन्त्री डा. कोइराला, कोषाध्यक्ष सीतादेवी यादव, पूर्वमहामन्त्री प्रकाशमान सिंह, नेताहरू रामशरण महत, अर्जुननरसिंह केसी, डा. शेखर कोइराला मिनेन्द्र रिजाललगायतलाई बोलाइएको छ।
बैठकमा क्रियाशील सदस्यता छानबिन समितिमा समूहका तर्फबाट सदस्य बनेकाहरूलाई पनि बोलाइएको एक नेताले बताए ।

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया