जान्सिन खोप लगाएका वृद्धको मृत्युबारे अपडेट : पोष्ट मार्टम रिपोर्ट आउन बाँकी

काठमाडौँ –धादिङमा जोनसन एण्ड जोनसनको 'जान्सिन' खोप लगाएको केही समयपछि मृत्यु भएको ७४ वर्षीय वृद्धको पोष्टमार्टम रिपोर्ट आएको छैन । निलकण्ठ नगरपालिका ६ का वृद्धले शुक्रबार साढे ११ बजे खोप लगाएको करिब तीन घण्टाभित्रमा उनको मृत्यु भएको थियो ।
मृतकको पोष्टमार्टम गर्न त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज लगिएको स्वास्थ्य कार्यालय धादिङका प्रमुख डा. भुवन पौडेलले जानकारी दिए । अस्पतालमा पोष्टमार्टम गरिए पनि रिपोर्ट नआइसकेको उनले बताए ।
उनका अनुसार वृद्धलाई मधुमेह र उच्च रक्तचाप थियो । एक भायलबाट पाँच जनालाई खोप लगाउन मिले पनि अरुलाई केही असर नभएको पौडेलले दाबी गरे । हालसम्म जिल्लामा जोनसन एण्ड जोनसनको खोप १६ हजार मानिसले लगाइसकेको उनले जानकारी दिए ।
खोप लगाएको व्यक्तिको मृत्यु भएकाले त्रिवि महाराजगञ्जको शिक्षण अस्पतालमा पोष्ट मार्टम गरिएको भए पनि अहिलेसम्म रिपोर्ट आइनसकेको स्वास्थ्य सेवा विभाग अन्तर्गत खोप महाशाखाका प्रमुख डा.झलक गौतमले बताए । उनका अनुसार पोष्ट मार्टम सकिए पनि अस्पतालले रिपोर्ट उपलब्ध गराएको छैन ।
मृतकलाई मधुमेह र उच्चरक्तचाप रहेको जानकारी आएको डा. गौतमले बताए । रिपोर्ट आइनसकेकाले दीर्घ रोग भएकाले अहिले खोप लगाउनु हुदैन भनेर भन्न नमिल्ने अवस्था रहेको उनको भनाइ छ ।
रिपोर्ट प्राप्त भएपछि खोप अनुसन्धान समितिले अध्ययन गरेपछि मात्र के कति कारणले मृत्यु भएको त्यसबारेमा निचोड निकाल्न सकिने उनले प्रस्ट पारे । 'अध्ययन टोलीको निष्कर्षलाई मात्र आधार मानेर यस विषयमा सार्वजनिक गर्नेछौ,' उनले भने ।

यसरी छालालाई वर्षायाममा चमक र रोगमुक्त बनाउन सकिन्छ

गर्मीमा छालालाई जोगाउने पाँच घरेलु उपाय

महाकाली अस्पतालमा विशेषज्ञ सेवा थप

आजदेखि अस्पतालका नियमित सेवा सञ्चाल

साउन १ गतेदेखि स्वास्थ्य बीमाले दुई लाखसम्मको सुविधा दिने स्वास्थ्यमन्त्री पौडेलक…

चिकित्सक आन्दोलनमा, बिरामीलाई सास्ती

युरिक एसिडका बिरामीले के खान हुन्छ, के खान हुँदैन ?

प्रतिक्रिया