'स्मिथविरुद्ध खेल्दा भाग्यले साथ दियो'

काठमाडौं : अस्ट्रेलिया भ्रमणमा रहेको भारतीय क्रिकेट टिमले घरेलु टोलीविरुद्धको एक दिवशिय अन्तराष्ट्रिय श्रृङखलाको अन्तिम खेलमा जित हात पार्यो । श्रृङखलाको अघिल्ला दुई खेल गुमाएको भारतका लागि बुधबारको जितमा शार्दुल ठाकुरले प्रभावशाली प्रदर्शन गरे ।
अघिल्लो दुई खेलमा मौका नपाएका ठाकुरले क्यानबेरामा भएको खेलमा ५१ रन खर्चेर तीन विकेट लिए । मोहम्मद शामीको स्थानमा आएका ठाकुरले स्टिभ स्मिथलाई सात रनमै आउट गरे । स्मिथ कम रनमा समेटिनुले भारतलाई खेलमा पकड जमाउन सहज भएको थियो । उत्कृष्ट लयमा रहेका स्मिथलाई आउट गरेका ठाकुरको प्रदर्शनका बारेमा सर्वत्र प्रशंसा भइरहेको छ । वास्तवमा ठाकुरले शामी र जसप्रित बुमराहले गर्न नसकेको काम गरेर देखाए ।
खेलपछि पत्रकारहरुसँग कुरा गर्दै ठाकुरले स्मिथकाविरुद्ध बलिङ गर्दा आफुलाई भाग्यले साथ दिएको बताए । ‘स्मिथलाई धेरै रन बनाउन नदिने हाम्रो योजना थियो । मैले उनलाई आउट गरे । सायद भाग्यले पनि साथ दियो,’ ठाकुरले भने, ‘उनी अस्ट्रेलियाका लागि महत्वपूर्ण खेलाडी हुन् । त्यसकारण पनि उनलाई आउट गर्दा हाम्रो टिमको मनोबल उच्च भयो ।’
डेभिड वारनरको अनुपस्थितीले पनि भारतीय टिमलाई सहज भएको ठाकुरको स्विारोक्ति थियो । उनी नहुँदा हामीलाई सजिलो भएकै हो । अब यो जितले हामीलाई टि ट्वान्टी श्रृङखलामा राम्रो गर्ने प्रेरित गर्नेछ । ठाकुर आफै चाहिँ भारतको टि ट्वान्टी खेल्ने टिममा छैनन् । एक दिवशियमा पनि अरु खेलाडी घाइते हुँदा मात्र उनले मौका पाउँछन् । तर ठाकुरमा मौका पाउँदा राम्रो गर्नुपर्छ भन्ने मानसिकता छ ।
‘टिम छनौटमा खेलाडीको केही भुमिका हुँदैन । त्यसकारण, मैले जहिले मौका पाउँछु त्यतिबेला राम्रो गर्ने प्रयास गर्नेछु । तर म कहिले मौका पाउँछु भनेर सोच्दिन । म हरेक दिन अभ्यासमा राम्रो गर्ने प्रयास गर्छु ता कि आफलाई तयारी अवस्थामा राख्न सकु,’ ठाकुरले भने । (टेलिग्राफ इन्डियाबाट)

शुभमन गिल भारतीय टेस्ट टिमको नयाँ कप्तान

बुद्धिचाल प्रतियोगिता : ८ वर्षका बालकदेखि ६८ वर्षीय नागरिकसम्म भिड्दै

राष्ट्रिय महिला रग्बी सेभेन्स सोमबार

एफसी बार्सिलोनाका प्रशिक्षक फ्लिक एक वर्षको सम्झौता बढाउन सहमति

विश्वकपपछि मोड्रिचले मड्रिड छाड्ने

हेटौँडामा पहिलो पटक इ–स्पोटर्स अन्तर्गत फ्रि फायर प्रतियोगिता

जुडो टोली बङ्गलादेश प्रस्थान

प्रतिक्रिया