नेपालले ओली पक्षका सांसद रानालाई भने : प्रतिगमनको मतियार बाहिर जानुस्

काठमाडौँ - संसद पुनःस्थापना र सरकार गठनका विषयमा संसदीय समितिमा सांसदहरुबीच चर्काचर्की परेको छ । सिंहदरबारमा आइतबार बसेको प्रतिनिधिसभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा एमाले अध्यक्ष केपी ओली पक्षका सांसद नारदमुनि रानाले अहिलेको संसद् र सरकार परमादेशले बनाएको भनेपछि सांसदहरुबीच चर्काचर्की परेको हो ।
सांसद नारदमुनि रानाको अभिव्यक्तिपछि कांग्रेस, माओवादी र माधव नेपाल पक्षका सांसद आक्रोशित बनेका थिए । एमाले वरिष्ठ नेता माधव नेपालले प्रतिगमनको पक्ष लिने व्यक्ति समितिमा बस्न लायक नभएको भन्दै बाहिर जान भनेका थिए ।
त्यस्तै अन्य सांसदहरुले प्रतिनिधिसभा जनमतले बनाएको भन्दै अमर्यादित कुरा नबोल्न चेतावनी दिए । सांसदहरूले रानालाई बैठकबाट निकाल्न सभापति पवित्रा निरौलाको ध्यानाकर्षण गराएका थिए ।
बैठकमा सभापति निरौलाले समिति कुनै राजनीतिक पार्टीको बैठकस्थल नभएकोले समितिले दिएको विषयमा केन्द्रित हुन आग्रह गरिन् । त्यसअघि बैठकमा एमालेका वरिष्ठ नेता नेपालले संसद् फेरि पुनःस्थापना गर्न सफल भएकोमा त्यसका लागि सहयोग गर्ने सबै पक्षप्रति आभार व्यक्त गरे ।
उनले संसद्लाई प्रभावकारी बनाएर लैजानुपर्ने धारणा राखे । उनले सरकारले पूर्णता पाइनसकेको बताउँदै सरकार पूर्ण भइसकेपछि समितिले गरेका निर्णयहरूलाई कार्यान्वयन गराउनुपर्ने बताए । सभापति निरौलाले समितिको निर्णय कार्यान्वयन गर्न समिति क्रियाशिल रहेको बताइन्।

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया