साइबर अपराध र काेभिडविरुद्ध चारै सुरक्षा निकायलाई सक्रिय हुन गृहमन्त्री खाणको निर्देशन

काठमाडौँ - गृहमन्त्री बालकृष्ण खाणले मुलुकको सुरक्षा अवस्था र विपत व्यवस्थापन लगायतका विषयमा चारै सुरक्षा निकायका प्रमुखहरूसँग छलफल गरेका छन् । उनले छलफलमा नागरिकको सुरक्षालाई ध्यानमा राखेर आवश्यक समन्वय र सहकार्यमा जोड दिन पनि सबै सुरक्षा निकालाई निर्देशन दिए ।
गृहमन्त्रीको नेतृत्वमा मन्त्रालयमा लामो बैठक बसेको थियो । उक्त बैठकमा विशेष गरी साइबर सुरक्षा, कोभिडको तेस्रो लहर आएमा त्यसको रोकथाम र नियन्त्रण लगायतका विषमया छलफल गरेका थिए ।
कोभिडको तेस्रो लहर बढ्ने सम्भावना रहेकोले यसलाई रोकथाम र नियन्त्रण गर्न सबै सुरक्षा निकाय परिचालित हुने निर्णय बैठकले गरेको छ । स्वास्थ्य सामाग्रीको सहज व्यवस्थापन तथा कालो बजारी नियन्त्रणमा पनि ध्यान दिन प्रहरीलाई उनले निर्देश दिएका छन् ।
उनले बाढीले गरेको क्षति, विपत व्यवस्थापन लगायतको विषयमा पनि छलफल गरका थिए । उनले खासगरी बैकहरूमा साइबर हमला हुने हल्ला रहेको र त्यसलाई नियन्त्रण कसरी गर्ने भन्नेबारे पनि छलफल भएको थियो । यसअघि कसरी काम गरेको र त्यसको नियन्त्रण कत्तिको प्रभावकारी भएको जस्ता विषमा पनि छलफल भएको एक सहभागीले जानकारी दिए ।
खासगरी साइबर अपराध नियन्त्रणका लागि सुरक्षा निकाय निकै सचेत रहँदै आवश्यक पर्ने उपकरणको माग गर्न समेत सक्ने धारणा राखेका थिए । बैठकमा साइबर अपराधका नयाँ तथ्यहरू आइरहँदा त्यसलाई चिर्न सक्ने उपाए बारेमा पनि छलफल भयो ।
केही दिनअघि नेपाल राष्ट्र बैंकसहित प्रमुख निजी बैंकमा साइबर हमलाका खबर आएका थिए । यस्तो हमला कमजोर संयन्त्र भएको मुलुकमा हुने गरेका छन् । मन्त्री खाणले यस अलवा महामारीका समयमा कालोबजारी बढेको त्यसमा राजश्वसँगको सहकार्यमा ध्यान दिएर अघि बढ्न पनि सुरक्षा निकायलाई निर्देशन दिएका छन् ।
यसमा प्रहरी प्रशासन मुकदर्शक भएको भन्दै त्यस्ता कार्यमा प्रहरीले जिम्मेवारी लिनुपर्ने उनको भनाइ छ । खाणको नेतृत्वमा गृह सचिव महेश्वर न्यौपाने, सेनाका रथी प्रभुराम शर्मा, सशस्त्र महानिरीक्षक शैलेन्द्र खनाल, प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री र अनुसन्धान प्रमुख गणेश अधिकारीबीचको आजको छलफलमा विगतको समीक्षा पनि भएको थियो ।

'नेपालको खेलकुद गुणात्मक सुधारमा केन्द्रित छ’

‘साउन डेङ्गी सचेतना’ महिना घोषणा

त्रिवि क्रिकेट मैदान निर्माण गर्ने ठेकेदारलाई दैनिक दुई लाख हर्जना

सहरी विकास मन्त्रीको एक वर्षः नयाँ सहरदेखि साना सहरी केन्द्रका योजना

वन मन्त्रालयको एक वर्ष : मानव–वन्यजन्तुद्वन्द्व न्यूनीकरण र काठमा आत्मनिर्भर बनाउन …

नवनियुक्त सामान्य प्रशासन मन्त्री न्यौपानेले लिइन् शपथ

देशमा आशा सञ्चार नहुँदा प्रतिभावान पलानय हुने खतरा बढ्योः पर्यटनमन्त्री पाण्डे

प्रतिक्रिया