भारतमा चार करोड ३३ लाख बढीले खोप लगाए

नयाँ दिल्ली- भारतमा विगत २४ घण्टामा कोभिड-१९ बाट सङ्क्रमितको थप सङ्ख्या ३९ हजार ७४२ रहेको संघीय स्वास्थ्य मन्त्रालयले आइतबार जानकारी गराएको छ । यो अवधिमा कोभिड-१९ सङ्क्रमित ५३५ व्यक्तिको मृत्युभएको पुष्टि गरिएको छ ।
भारतमा आइतबारसम्ममा सक्रिय सङ्क्रमितको सङ्ख्या चार लाख आठ हजार २१२ रहेको छ भने अहिलेसम्म कोभिड-१९ सङ्क्रमण भई निको हुनेको सङ्ख्या तीन करोड पाँच लाख ४३ हजार १३८ पुगेको छ । अहिलेसम्म कोभिड-१९ सङ्क्रमित चार लाख २० हजार ५५१ व्यक्तिको मृत्यु भएको छ ।
मन्त्रालयका अनुसार भारतमा अहिले कोभिड सङ्क्रमणपछि निको हुनेको दर ९७.३६ रहेको छ भने शनिबार ३९ हजार ९७२ कोभिड-१९ सङ्क्रमित व्यक्ति निको भएको तथ्याङ्क सरकारको छ ।
खोप अभियान र नियन्त्रणका लागि लकडाउन तथा अन्य उपाय अवलम्बन गरेका कारण लगातार ३४ दिनसम्म सङ्क्रमण दर तीन प्रतिशतभन्दा कम रहेको छ भने अघिल्लो दिन यो दर २.३१ प्रतिशत कायम भएको छ ।
सरकारी अधिकारीका अनुसार भारतमा जारी राष्ट्रिय खोप अभियान अन्तर्गत अहिलेसम्म ४३ करोड ३१ लाख मात्रा खोप लगाइएको छ भने ४५ करोड ६२ लाख व्यक्तिको कोभिड-१९ परीक्षण गरिएको छ । (एएनआई)

सुदूरपश्चिममा कोरोनाविरुद्ध ‘फाइजर’ खोप लगाइँदै

कोरोना भाइरसविरुद्धको १६ लाख ६८ हजार मात्रा खोप आयो

कोरोना भाइरसविरुद्धको फाइजरको ‘मनोभ्यालेन्ट’ खोप ल्याइयो

कोरोनाको नयाँ भेरियन्ट ‘केपी’ : सङ्क्रामक तर कम घातक

सीरम इन्स्टिच्युटले भन्यो- डिसेम्बर २०२१ देखि नै कोभिशिल्डको उत्पादन बन्द छ

एक हप्तामा २८ जनामा कोरोना सङ्क्रमण

सुदूरपश्चिममा एकै दिन सात जनामा कोरोना पुष्टि

प्रतिक्रिया