ब्राट पिटको ‘बेबिलोन’मा मार्गोट

लसएञ्जल्स : ‘ला ला ल्यान्ड’ निर्देशक डेमियन चेजलको नयाँ फिल्म ‘बेबिलोन’मा एम्मा स्टोन निर्देशकको पहिलो रोजाइमा थिइन् । एक वर्षअघि नै एम्मा र डेमियनले दोस्रो पटक सहकार्य गर्न लागेको खबर सार्वजनिक भएको थियो । तर, फिल्मको सुटिङ समय नजिकँदै गर्दा यो फिल्मबाट एम्माले हात झिकेको खबर सार्वजनिक भएको छ ।
डेडलाइनले एम्माले फिल्म छाड्न लागेको बताउँदै उनको ठाउँमा निर्माण टिमले मार्गोट रोबीलाई लिन लागेको खबर छापेको छ । एम्माका अन्य प्रोजेक्टसँग ‘बेबिलोन’को सुटिङ जुधेकाले उनले यो फिल्म छाड्न लागेको भेराइटीले लेखेको छ । फिल्ममा अब मार्गोटले ब्राट पिटसँग रोमान्स गर्नेछन् । ब्राट पिट र मार्गोटले यसअघि ‘वन्स अपन अ टाइम इन हलिउड’मा सँगै काम गरेका थिए । यो फिल्म पनि ‘वन्स अपन अ टाइम इन हलिउड’ जस्तै फिल्म उद्योगकै कथामा आधारित रहनेछ । चेजलले यसअघि नै फिल्मले मुक समयको फिल्मी कथालाई पर्दामा उतार्ने बताएका थिए ।

‘मुनामदनको ब्रेकअप’ फिल्मको घोषणा, राज कटुवाल अनुवन्धित

‘अनाम गजल गायन’मा सुनिए ७ स्रष्टा, सन्तोषले जिते श्रोताको मन

क्रिकेटरले आफ्नो बैबाहिक जीवन बिगारीदिएको आमिर खानको खुलासा

सन्नी देओलको बोर्डरः २ को सकियो सुटिङ

‘सितारे जमीं पर’ले कमायो १५४ करोड, बन्यो १५० करोड कटाउने ६५ औं चलचित्र

‘जाने भए जाम माया’ युट्युबमा सर्वाधिक हेरिएको गीत

सट्टेबाजी एप्स प्रचारमा दक्षिण भारतका १९ चर्चित कलाकारको संलग्नता, गरियो मुद्दा…

प्रतिक्रिया