विवेकशीलका दुई पदाधिकारीसहित १३ नेता साझासँगको एकीकरणमा नजाने

काठमाडौँ : विवेकशील नेपाली दुई पदाधिकारीसहित १३ नेता साझा पार्टीसँगको एकीकरणमा सहभागी नहुने भएका छन् । केन्द्रीय उपाध्यक्ष उपाध्यक्ष अजिता राई र कार्यालय व्यवस्थापन सचिव संगीता बाटाजु तथा ११ संघीय समिति सदस्यले एकीकरण प्रक्रियामा सहभागी नहुने बताएका हुन् । उनीहरूले बीहीबार विज्ञप्ति जारी गर्दै आफूहरू रवीन्द्र मिश्र नेतर्त्वको साझा पार्टीमा सहभागी नहने बताएका हुन् ।
एकीकरणमा जनाने घोषणा गरेका संघीय समिति सदस्यहरूमा कर्मा लामा तामाङ, छिरिंग तामाङ, विजयबाबु शिवाकोटी, जेसन वैद्य, शिशिर राई, जमाल अली, आशीष राई, ज्ञानेन्द्र निरौला, साधना थुलुङ्ग राई, शशिविक्रम कार्की र आलोक सुवेदी छन् ।
विवेकशील नेपाली पार्टीमा साझा पार्टीसँग पार्टी एकीकरण गर्ने कि नगर्ने भनेर सदस्यहरूबीच मतदान भएको थियो । मतदानमा बहुमत सदस्यहरूले साझा पार्टीसँग सहभागी हुने पक्षमा मतदान गरेका थिए । उनीहरूले एकीकरणमा जानेहरूलाई शुभकामना दिंदै आफूहरू त्यसमा सहभागी नहुने विज्ञप्तिमा उल्लेख गरेका छन् ।
'विवेकशील नेपाली दलको हालको संघीय समितिमा सदस्य रहेका ३५ मध्ये दुई पदाधिकारी सहित हामी १३ जनाले विवेकशील नेपाली दल र साझाको आगामी यात्रामा सहभागी नहुने व्यहोरा जानकारी गराउँछौँ ,' विज्ञप्तिमा भनिएको छ।
विवेकशील एकीकरणमा सहभागी नभएका नेताहरूले आगामी दिनमा कसरी अगाडि बढ्ने भनेर छलफलपछि तय गर्ने बताएका छन् ।

विकासको काम जति चाँडो हुनु पर्दथ्यो, त्यो हुन अझै सकेको छैन : शंकर पोखरेल

वैदेशिक रोजगार क्षेत्रमा देखिएका समस्या सबै पक्ष मिलेर समाधान गर्नुपर्छ : श्रमम…

द्वन्द्वकालमा भएका अमानवीय र जघन्य अपराधलाई माफी दिन सकिँदैन् : प्रधानमन्त्री ओली

उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक सकियो, के-के भयो छलफल ?

आन्दोलनरत शिक्षकलाई मन्त्री गुरूङको प्रश्न : सरकारलाई अप्ठेरो पारेर राजतन्त्र ल्या…

राष्ट्रपति पौडेलद्वारा संसद अधिवेशन आव्हान

शिक्षकको माग सम्बोधन गर्न संसद्को अधिवेशन वैशाख १२ गते आह्वान गर्न सिफारिस

प्रतिक्रिया