सरकारले तोक्यो स्थायी खोप केन्द्र, सामाखुशीको राधास्वामीमा लगाउन पाइने
विदेश जाने कामदार तथा विद्यार्थीलाई प्रहरी र सैनिक अस्पताल खोप केन्द्र

काठमाडौँ - सरकारले काठमाडौँको सामाखुशीस्थित राधास्वामी आइशोलेसन सेन्टरलाई स्थायी केन्द्र खोप बनाएको छ । लक्षित समूहले स्वास्थ्य कार्यालयले तोके बमोजिम राधास्वामी आइसोलेसन सेन्टरमा गएर खोप लगाउन सक्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको सूचनामा उल्लेख छ ।
काठमाडौँमा विदेश जाने श्रमिक र विद्यार्थीलाई लगाउने खोप केन्द्र तोकेको छ । उनीहरूले नेपाल प्रहरी अस्पताल महाराजगञ्ज र सैनिक अस्पतालमा छाउनीमा गएर कोभिडविरुद्धको खोप लगाउन सक्ने मन्त्रालयले जनाएको छ । खोप लगाउनेले पासपोर्ट र भिसा अनिवार्य देखाउनुर्नेछ ।
सरकारले विदेश जाने कामदारलाई अमेरिकाबाट ल्याइएको जोनसन एण्ड जोनसनको खोपको व्यवस्था गरेको छ ।

आँखा उपचार सेवा विस्तार गर्न स्वास्थ्य मन्त्रालय र नेत्रज्योति सङ्घबीच सम्झौता

बिहेमा खाजा खाँदा जन्तीसहित एक सयभन्दा बढी बिरामी

डेंगु सङ्क्रमणको जोखिम बढ्ने, सतर्कता अपनाउन आग्रह

अब एआईले सम्झाउने छ श्वासप्रश्वाससम्बन्धी बिरामीलाई इन्हेलरको प्रयोग गर्न

गर्मीको फल जामुन खानुहोस्, मधुमेहवाट टाढा रहनु होस्

गर्मीको सुपर फुड करेला, झुक्किएर पनि नखानुहोस् यी चीजसँग

सरकार र आन्दोलनरत आवासीय चिकित्सकबीच चार बुँदे सहमति

प्रतिक्रिया