दशैँ सुरु, विधिपूर्वक जमरा राखियो

काठमाडौं : ऐतिहासिक कालिका मन्दिरमा रहेको दशैघरमा आज विधिपूर्वक जमरा राखिएको छ । बिहान ११ बजेर ४६ मिनेट जौको जमरा कालिका भगवतीको मन्दिर र गोरखनाथ गुफामा राखिएको गोरखा दरबार हेरचाह अड्डाका प्रमुख हरिप्रसाद भुसालले जानकारी दिए ।
परम्परा अनुसार बिहान सवेरै (बिहान नाडीको रौ देखिने बेला) मिर्मिरे उज्यालोमा देवी भगवतीको सवारी गराएपछि बिहानको शुभसाइतमा विजयादशमीको घटस्थापना गरिएको हो । यसअघि मूल दरबारको कैलाश कोठाबाट भित्रि बाटो हुँदै देवी भगवतीका सवारी गराउने प्रचलन रहँदै आएको भएपनि विनासकारी भूकम्पले मूल दरबारमा पूर्ण क्षति पुगेकाले कैलाश कोठाको थपना गरी देवीको सवारी गराइएको छ ।
घटस्थापनाका बिहान गोरखाको मनकामना मन्दिरमा पनि जमरा राखिएको मन्दिरका पुजारी इन्सान थापाले जानकारी दिए । कोरोना भाइरस (कोभिड १९) को संक्रमणको जोखिम बढी रहेका गोरखा जिल्लाभित्रका सबै शक्ति पीठमा नित्य पूजाबाहेक सर्वसाधारणलाई पूजाआजा गर्न रोक लगाइएको छ ।

चन्द्रागिरिका तीन वडा पहिरोको उच्च जोखिममा

जग्गा किर्तेमा संलग्न समाजवादीबाट निर्वाचित वडाध्यक्ष पक्राउ

पत्रकार महिलाहरूको अक्षयकोषमा ५१ लाख सङ्कलन

बाघको आक्रमणबाट एक जनाको मृत्यु

पूर्व राजाका संवाद सचिव फणिराज पाठक छुटे

नक्कली पेस्तोल देखाएर मुख थुन्दै लुट्ने चार जना युवा पक्राउ

राजश्व परामर्श समितिको बैठक सम्पन्न, २५ अर्बको बजेट सिमा

प्रतिक्रिया