बाँके-१ मा सिफारिसबिना छानबिन समितिले थपिदियो तीन सय क्रियाशील सदस्य

काठमाडौँ - नेपाली कांग्रेसको क्रियाशील सदस्यता छानबिन समितिले बाँके-१ मा तल्ला तहको सिफारिसबिना नयाँ क्रियाशील सदस्यता थपेर पठाइदिएको छ । वडाबाट सिफारिस गरिएका नाम भन्दा फरक ढगंले क्षेत्र र केन्द्रबाट करिब तीन सयबढी नाम थपेर पठाइएको बाँकेका सचिव तप्त पौडेलले जानकारी दिए ।
पौडेलका अनुसार दुई गँउपालिका र एक नगरपालिका रहेको बाँके-१ को कोहलपुर नगरपालिका-१ मा २०, वडा नं-२ मा ४५, वडा नं-४ मा ३५, वडा नं-५ मा ४०, वडा नं-६ मा १२, वडा नं- ११ मा ६०, वडा नं- १२ मा ३५,वडा नं-१३ मा १० र वडा नं १५ मा १२ जनाको नाम सिफारिसबिना थपिएको छ ।
यसैगरी राप्ती सोनारी गँउपालिका- ६ मा वडाले सिफारिस गरेको नाममा टिपेक्स लगाएर ५ जनाको नाम फर्जी ईन्ट्री गरिएको पौडेलले बताए । राप्ती सोनारीकै वडा नं-८ मा वडा कार्य समिति र वडा भेलाले पठाएको ८३ जना नाममा बाहिरबाट थप ३० जनाको नाम इन्ट्री गरिएको छ ।
त्यसैगरी नरैनापुर गॉउपालिका- २ मा पनि वडाको सिफारिसभन्दा बाहिरबाट टिपेक्स लगाएर ८ जना थपिएको पौडेलले बताए ।
यसरी करिब ३०० भन्दा बढी नाम समितिले आफैले बनाएको मापदण्डविपरीत समितिले नै सचिवालयले मार्फत इन्ट्री गराएको छ । विधि र मापदण्डविपरित करिब ३०० भन्दा बढी नाम इन्ट्री गराइएको आरोपमा बाँके- १ बाट करिब डेड महिनादेखि दर्जन बढी नेता कार्यकर्ताहरू काठमाण्डौँमा छन् ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया