जति मेहन्दी गाढा उति बढी खतरा

काठमाडौँ- धेरैको मान्यता छ, जति गाढा मेहन्दी हुन्छ प्रेमी वा श्रीमान्बाट उति बढी माया पाइन्छ । जसको कारण मेहन्दीले हात रङ्ग्याउन चाहने महिलाहरू मेहन्दीको रङ गाढा भएको रुचाउँछन् । तर, स्वास्थ्यका हिसाबले गाढा मेहन्दी हानिकारक हुने जनस्वास्थ्यविद् बताउँछन् ।
बजारको तयारी मेहन्दीलाई गाढा बनाउनको लागि विभिन्न किसिमका केमिकल प्रयोग गरिएको हुन्छ । त्यस्ता केमिकलले मेहन्दीको रङ कडा त बनाउँछ तर कतिपयमा यसले छालाको समस्यासमेत निम्त्याउँछ । बजारमा जथाभावी पाइने सस्तो केमिकलयुक्त मेहन्दीले स्वास्थ्यमा पनि निकै हानी पुर्याउँछ ।
मेहन्दीबाट एलर्जी भएकाहरू यसबाट टाढै बस्नुपर्छ । आफूलाई असर गर्छ भन्ने थाहा हुँदाहुँदै लगाउनु हुँदैन । मेहन्दी छालाको भित्री भागसम्म पुगेर लामो समयसम्म बस्छ । केमिकलयुक्त मेहन्दी पर्यो भने त्यहाँ मेहन्दी मात्रै नभएर केमिकलले पनि छालाभित्र बस्छ र असर गर्छ ।
साउन महिनामा महिलाबीच मेहन्दी लगाउने प्रतिस्पर्धा जस्तो देखिन्छ । धेरैले धार्मिक आस्थाको अभिव्यक्तिको रूपमा पनि मेहन्दी लगाउँछन् । तर, आजभोलि फेसनले यी दुई मान्यतालाई पछ्याइ रहेको छ । तर, मेहन्दी लगाउँदा थुप्रै असर देखिन्छ ।
यसका मुख्य असर हुन् :
हात चिलाउने,
रातो हुने,
पोल्ने,
सुन्निने वा डाबर उठ्ने,
हातमा कालो दागहरू बस्ने,
एलर्जी हुने,
छाला पोल्न,
कतिपय मेहन्दीमा क्यान्सर बनाउने केमिकलको प्रयोग गरिएकोसमेत पाइएको छ । केमिकलयुक्त मेहन्दीले क्यान्सरमात्र नभएर छालाको भित्री अंगसम्म पुगेर मृगौलामा समेत असर गर्न सक्छ । साउनमा लगाउनै मन लागे परे पनि प्राकृतिक मेहन्दी मात्रै लगाउनुपर्छ । बजारमा कोनमा पाइने मेहन्दीभन्दा गाउँघरमा पाइने मेहन्दीको पात सुकाएर धुलो बनाएर लगाउन सकिन्छ ।
गर्भवती र बालबालिकालाई झनै खतरा
बजारिया मेहन्दीमा मिसाइएको केमिकलले स्वास्थ्यमा असर गर्ने भएकाले गर्भवतीका लागि यो घातक छ । यसले गर्भवती महिलालाई मात्र नभएर उसको गर्भमा भएको बच्चालाई समेत असर गर्छ । त्यस्तै बालबालिकाको हकमा पनि मेहन्दी हानिकारक छ । उनीहरूको कलिलो छालालाई पनि बजारिया मेहन्दीले राम्रो गर्दैन । यसको असरबारे गर्भवती महिला र बालबालिकाले बुझ्नु जरुरी छ ।

सेनाको ‘हायर कमाण्ड तथा म्यानेजमेन्ट’ तालिम सम्पन्न

कर्णाली विकास बैंक घोटाला प्रकरणमा पशुपति दयाल मिश्र पक्राउ

मङ्गलाका किसानलाई एक सय ८२ थान मिनिटेलर, मिल र थ्रेसर वितरण
असार १८ देखि २० गतेसम्म भारी वर्षाको सम्भावना

स्वस्तिश्री गुरुकुल आईबी वर्ल्ड स्कुलद्वारा 'एसजीमुन ४.०' आयोजना गर्दै

नक्सालमा मास्टर सेफ साहको ‘जनकपुर फिस हाउस’

देशका अधिकांश भागमा वर्षा हुने

प्रतिक्रिया