मन्त्रालय बाँडफाँटको जिम्मेवारी शीर्ष नेतालाई, साझा कार्यक्रम कार्यदलले टुंग्याउने

काठमाडौँ - सत्तारुढ पाँच दलीय गठबन्धनको बैठक सकएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा झन्डै २ घन्टासम्म बसेको बैठकमा मन्त्रिपरिषदलाई पूर्णता दिनेलगायत विषयमा छलफल भए पनि कुनै निर्णय भने भएन । बैठकमा शक्ति सन्तुलन र मन्त्रालय बाडफाँटको जिम्मेवारी शीर्ष नेताहरूलाई दिएको कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काले जानकारी दिए । उनकाअनुसार आजको बैठकमा सैद्धान्तिक बिषयमा मात्रै छलफल केन्द्रित रहेको थियो । उनले सरकारका न्यूनतम साझा कार्यक्रम चाडो टुङ्गो लगाउन कार्यदललाई निर्देशन दिने निर्णय भएको छ ।
बैठकमा नेपाली काङ्ग्रेसबाट प्रधानमन्त्री तथा सभापति शेरबहादुर देउवासहित वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री पूर्णबहादुर खड्का, कृष्ण प्रसाद सिटौला सहभागी थिए भने माओवादी केन्द्रबाट अध्यक्ष पुष्पकमल दाहाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ, जसपाबाट अध्यक्ष उपेन्द्र यादव, डा. बाबुराम भट्टराई ,अशोक कुमार राई, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी र उपाध्यक्ष दुर्गा पौडेल सहभागी थिए । यस्तै एमाले माधव नेपाल पक्षका तर्फबाट गठबन्धन बैठकमा डा. विजयी पौडेल सहभागी छन् ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया