ओलम्पिक २०२०ः पुरुष फुटबलमा जर्मनीको निराशाजनक प्रदर्शन

काठमाडौँ - टोकियो ओलम्पिकमा पुरुष फुटबलतर्फ जर्मनीले निराशाजनक प्रदर्शन गरेको छ । समूह चरणमा तीन खेलबाट चार अंक मात्रै बटुलेका जर्मनी नकआउट चरण पुग्न सकेन । समूह चरणको अन्तिम खेलमा बुधबार जर्मन टिम आइभरी कोस्टसँग १-१ को बराबरीमा रोकियो । यससँगै जर्मनीको युवा टिमको क्वार्टरफाइनल पुग्ने लक्ष्य पूरा हुन सकेन ।
रिफुको मियागी रंगशालामा भएको खेलमा आइभरी कोस्ट ६७ औँ मिनेटमा अग्रता लियो । जर्मनीका बेन्जामिन हेनरिचले आत्मघाती गोल गरेपछि अफ्रिकी टिम खेलमा अघि बढेको थियो । तर आइभरी कोस्टको अग्रता धेरै बेर टिकेन । ६ मिनेट पछि नै जर्मनीले गोल फर्कायो । एडुवार्ड लोवेनले जर्मन टिमका लागि गोल गरे ।
समूह चरणमा आपराजित रहेको आइभरी कोस्टले तीन खेलबाट पाँच अंक बनायो । र, समूह उप-विजेता बन्दै क्वार्टरफाइनल प्रवेश गर्यो । जर्मनी भने तेस्रो स्थानमा सीमित भयो ।

सिरिजको अन्तिम खेलमा स्कटल्याण्डसँग नेपाल पराजित

स्कटल्याण्डले दियो नेपाललाई १९४ रनको लक्ष्य
सिरिज जित्ने लक्ष्यका साथ नेपाल र स्कटल्याण्ड आज अन्तिम खेल खेल्दै

फिफा क्लब विश्वकपमा एट्लेटिको मड्रिडको पहिलो जित
नेदरल्याण्ड्सविरूद्ध नेपालको शानदार जित

एकल कातामा एलिनालाई स्वर्ण
स्कटल्याण्डलाई हराउँदै नेपाल दुई विकेटले विजयी

प्रतिक्रिया