मानव बेचबिखन आरोपमा दुई युवती पक्राउ
जनकपुरधाम - पर्सा प्रहरीले आर्केष्ट्रामा काम लगाई दिने प्रलोभनमा पारी एक बालिका र एक युवतीलाई भारतमा बेचेको आरोपमा दुई युवतीलाई पक्राउ गरेको छ । झापा जिल्लाबाट एक १६ वर्षीया बालिका र एक २० वर्षीया युवतीलाई भारतको विहार राज्यस्थित छौँडादानो भन्ने स्थानमा बेचबिखन गरेको सूचनाका आधारमा अनुसन्धान गर्ने क्रममा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।
वीरगञ्ज महानगरपालिका- १६ ईनरवा स्थित सिमानाबाट झापा जिल्ला विर्तामोड ९ कि २० वर्षीय लक्ष्मी दास र सुनसरी ईटहरी १२ कि १९ वर्षीया खुशबु विश्वकर्मालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता ओमप्रकाश खनालले जानकारी दिए ।
आरोपितहरूले “पर्साको बीरगञ्ज शहरमा पुर्याइ अर्केष्ट्रामा आकर्षक तलब हुने काम लगाइदिने” प्रलोभन देखाई बीरगञ्ज बसपार्कसम्म ल्याई काम गर्ने ठाउँसम्म पुर्याउने भनी झुक्याएर भारतको बिहार राज्यको छौँडादानो लगेका थिए । उनीहरूलाई त्यहाँ मोबाइलसमेत खोसेर कोठामा बन्धक बनाएर राखिएको अवस्थामा भारतीय प्रहरीले छापामारी उद्धार गरेको खनालले जानकारी दिए ।
प्रवक्ता खनालले आरोपितहरूविरूद्ध मानव बेचबिखन तथा ओसार पसार आरोपमा मुद्दा दायर गरीअदालतबाट ७ दिनको म्याद थप गरी घटना बारे थप अनुसन्धान भइरहेको जानकारी दिए ।

नदीमा डुबेर बेपत्ता दुई जनाकोे शव फेला

करेन्ट लागेर कामदारको मृत्यु

रोटरी न्यातपोलको अध्यक्षमा बिष्णुकान्त घिमिरे, कफीखेती प्रवर्द्धन गर्न किसानसँग स…

मिनी ट्रकमा ठोक्किदा स्कुटर चालकको मृत्यु

नदीले बगाउँदा एक जनाको मृत्यु

सामाजिक कार्यमा लायन्स क्लब अफ नेपाल हिमालय एक दशकदेखि सक्रिय हुँदै

गलत तरिकाले चिया पिइरहनु भएको त छैन ?

प्रतिक्रिया