३३६५ जनामा संक्रमण, १६ को मृत्यु

काठमाडौँ – पछिल्लो २४ घण्टामा थप ३ हजार ३६५ जनालाई कोभिड-१९ संक्रमण भएको छ । ९,५५५ पीसीआर गर्दा २३३५ तथा ४६८७ एन्टिजेन परिक्षण गर्दा १०३० मा कोभिड संक्रमण देखीएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप १६ संक्रमितको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको कुल संख्या ९८०७ पुगेको छ । त्यस्तै, बिहिबार एक हजार ३७३ जना संक्रमित निको भएको मन्त्रालयले जनाएको छ ।
आज काठमाडौँ उपत्यकामा मात्रै ८६० जना संक्रमित थपिएका छन् । काठमाडौँमा ५९७, भक्तपुरमा १०८ र ललितपुरमा १५५ जना संक्रमित थपिएका हुन् ।

सुदूरपश्चिममा कोरोनाविरुद्ध ‘फाइजर’ खोप लगाइँदै

कोरोना भाइरसविरुद्धको १६ लाख ६८ हजार मात्रा खोप आयो

कोरोना भाइरसविरुद्धको फाइजरको ‘मनोभ्यालेन्ट’ खोप ल्याइयो

कोरोनाको नयाँ भेरियन्ट ‘केपी’ : सङ्क्रामक तर कम घातक

सीरम इन्स्टिच्युटले भन्यो- डिसेम्बर २०२१ देखि नै कोभिशिल्डको उत्पादन बन्द छ

एक हप्तामा २८ जनामा कोरोना सङ्क्रमण

सुदूरपश्चिममा एकै दिन सात जनामा कोरोना पुष्टि

प्रतिक्रिया