संक्रमण बढेपछि अर्घाखाचीमा निषेधाज्ञा

बुटवल – कोभिड-१९ को संक्रमण बढेपछि शनिबारदेखि अर्घाखाँचीमा पूर्णकालिन निषेधाज्ञा हुने भएको छ । १६ गते राति १२ बजेबाट लागू हुनेगरी ३० गतेसम्म पूर्ण निषेधाज्ञा जारी गर्ने डिसिसिएमसीको बैठकले निर्णय गरेको छ ।
कोभिडको उच्च जोखिम भएकाले कडा निषेधाज्ञा लागू गरिने प्रमुख जिल्ला अधिकारी बिष्णु पौडेलले जानकारी दिए । अत्यावश्यक पसलहरू बिहान ६ देखि ९ बजेसम्म खुल्ने छन् । यातायात, बैंक तथा वित्तीय संस्था पुर्ण रूपमा बन्द गर्नेे निर्णय भएको छ । अर्घाखाँचीमा बिहिबारसम्मको तथ्याङ्कमा ५ सय ५० जना सक्रिय संक्रमित रहेका छन् ।
अर्घाखाँची लगायत १७ जिल्लामा कोरोनाको उच्च जोखिम रहेको स्वास्थ्य मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ । सरकारले अर्घाखाँची सहित १७ जिल्लालाई अति उच्च जोखिम क्षेत्रमा राखेको छ ।

सिरहाको सुखीपुरबाट सात क्विन्टलभन्दा बढी गाँजा बरामद

मार्चे लेकमा चौँरीको रगत पिउने मेला सुरु

रुकुम पश्चिममा जिप दुर्घटना

भिरबाट लडेर मृत्यु

मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु, तीन घाइते

आज चार प्रदेशमा अत्यधिक वर्षा हुने पूर्वानुमान

आज यस्तो छ राशिफलमा तपाईंको भाग्य

प्रतिक्रिया