इन्टरनेटको समस्याले हुम्लाका बैंकलाई भुक्तानी दिन समस्या
हुम्ला : सामाजिक सुरक्षा भत्ताको भुक्तानी दिने जिम्मा पाएको हुम्लाको सांग्रिला विकास बैंकलाई भुक्तानी दिन सास्ती भएको छ । बैंकमा जडान गरिएका टेलिकमको एडिएसएल र वल्र्ड लिंकको इन्टरनेट सेवाले काम नगर्दा भुक्तानी दिन समस्या भएको हो ।
असार २० गते अगाडि सिमकोट गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता पाउने सेवाग्राहीको साँग्रीला बैंकमा रहेको खातामा निकासा दिएको भएपनि हालसम्म भत्ता निकाल्न नपाएको गुनासो गरेका छन् ।
हातैमा दिएको भए यतिबेलै पाउने बताउँदै सेवाग्राही जानकी शाहीले बैंकिङ प्रर्णालीबाट हाल्ने प्रकिृयाको कारण हालसम्म नपाएको बताइन् । उनी मात्र होइन सिमकोट गाउँगालिकाका अधिकांश सेवाग्राहीले आफ्नो सामाजिक सुरक्षाको पाउन सकेका छैनन् ।
सो बैंकका प्रवन्धक चन्द्रप्रसाद लम्सालले बैंकमा जडान गरेका टेलिकमको एडिएसएल र वर्डलिंकको इन्टरनेट सेवाले काम नगर्दा सामाजिक सुरक्षाको भत्ता लिने सेवाग्राहीलाई दिन कठिन भएको बताए ।
हाल बैंकलाई कति खेर नेट आउँला र कारोबार गर्न सकिन्छ भन्ने मात्रै हुने गरेको उनले बताए । सिमकोट गाउँपालिकाको वडा नम्बर १ देखि ६ सम्मका सेवाग्राहीलाई पहिलो किस्ता दिन सकिएको भएपनि बाँकी ७ र ८ नम्वर वडा र अरुको दोस्रो र तेस्रो किस्ताको रकम दिन नसकिएको बैंकले जनाएको छ ।
सिमकोट गाउँपालिकामा सबै खाले सामाजिक सुरक्षा भत्ता पाउने सेवाग्राहीको संख्या तीन हजार चार सय भन्दा बढी रहेको छ । सिमकोट गाउँपालिकाले पहिलो पटक बैंक खाताबाट सो भत्ता दिने व्यवस्था गरेको हो ।

छायाँक्षेत्र (छायाँनाथ) धामको तीर्थयात्रा सुरू

प्रदेश सरकारले पैतृक सम्पत्तिमा कर बढायो

अज्ञात रोग फैलिँदा चङ्खेलीमा ३० भन्दा बढी पशुवस्तु मरे

कर्णालीमा १६ हजार घरको विपद् बिमा

भेरी नदीमा पानीको सतह बढेकाले सतर्कता अपनाउन आग्रह

भेरी नदीमा टिपर खस्दा तीन जना बेपत्ता

कर्णालीमा ५० ठाउँमा तुइन रहेको प्रारम्भिक रिर्पोट

प्रतिक्रिया