कर्णाली प्रदेश सरकारविरुद्ध तीन सय बढी भ्रष्टाचारका उजुरी

सुर्खेत : कर्णाली प्रदेश सरकारविरुद्ध तीन सय बढी भ्रष्टाचारका उजुरी परेका छन् । आर्थिक वर्ष २०७७/०७८ मा प्रदेश सरकारविरुद्ध तीन सय पाँच वटा भ्रष्टाचारका उजुरी परेका अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सुर्खेत कार्यालयले जनाएको छ । त्यसमध्ये प्रदेश उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालय र मातहतका कार्यालयविरुद्ध मात्रै एक सय १४ वटा उजुरी छन् ।
त्यस्तै भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालयविरुद्ध ८३ वटा, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयविरुद्ध ६३ वटा, सामाजिक विकास मन्त्रालयविरुद्ध ४५ वटा र मुख्यमन्त्री कार्यालयविरुद्ध एउटा उजुरी परेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतले जनाएको छ ।
कुल उजुरी मध्ये एक सय ४८ वटा मात्रै फछ्र्योट भएका छन् । बाँकी एक सय ५८ वटा उजुरी छानविनकै क्रममा रहेको अख्तियार सुर्खेतका सूचना अधिकारी रमेश गौतमले जानकारी दिए । भ्रष्टाचारका उजुरीहरु प्रदेश सरकारका मन्त्रालय र मातहतका कार्यालयविरुद्ध परेका हुन् ।
पछिल्लो एक वर्षमा कर्णाली प्रदेशभर १२ सय भन्दा बढी भ्रष्टाचारका उजुरी परेका छन् । आर्थिक वर्ष २०७७/०७८ मा कुल एक हजार दुईसय २० वटा उजुरी परेका छन् । उजुरी मध्ये आधा भन्दा कम अर्थात् पाँच सय ७१ वटा उजुरी मात्रै छानविन भएका छन् । बाँकी ६ सय ४९ वटा उजुरी भने छानविनकै क्रममा छन् ।

छायाँक्षेत्र (छायाँनाथ) धामको तीर्थयात्रा सुरू

प्रदेश सरकारले पैतृक सम्पत्तिमा कर बढायो

अज्ञात रोग फैलिँदा चङ्खेलीमा ३० भन्दा बढी पशुवस्तु मरे

कर्णालीमा १६ हजार घरको विपद् बिमा

भेरी नदीमा पानीको सतह बढेकाले सतर्कता अपनाउन आग्रह

भेरी नदीमा टिपर खस्दा तीन जना बेपत्ता

कर्णालीमा ५० ठाउँमा तुइन रहेको प्रारम्भिक रिर्पोट

प्रतिक्रिया