इमिरेट्समा दर्शकसँगै लाकाजेट फर्किए

काठमाडौं : बिहीबार युरोपा लिगमा आर्सनलले र्यापिड भियनालाई हराउँदा इमिरेट्स रंगशालामा दर्शकहरूको पुनरागमन भयो नै, स्ट्राइकर एलक्जेन्डर लाकाजेट पनि फर्किए । आर्सनलले अस्ट्रियन क्लबमाथि ४–१ को जित दर्ता गर्दा लाकाजेटले एक गोल गरे ।
फ्रेन्च फर्वाडले आर्सनलका लागि सेप्टेम्बर २८ यता गोल गर्न सकेका थिएनन् । प्रिमियर लिगमा उनी पछिल्ला दुई खेलमा बेन्चमा थिए । तर बिहीबार युरोपा लिगमा गोल गरेपछि लाकाजेट आउँदा खेलहरूका लागि प्रशिक्षक मिकेल आर्टेटाको नजरमा पर्ने निश्चित छ । आर्सनलले आइतबार लिगमा सहरी प्रतिद्वन्द्वी टोटनेहमको सामना गर्दैछ । जसमा लाकाजेटले मौका पाउन सक्नेछन् ।
मार्च यता पहिलो पटका आर्सनलका सर्मथकहरूले रगंशालामा प्रवेश पाए । दुई हजार आर्सनल सर्मथकहरूका अघि घरेलु टिमका खेलाडीहरुले उत्कृष्ट प्रदर्शन गरेका थिए । आर्सनलको जितमा लाकाजेट बाहेक भिल्लार पाब्लो मारी, एड्डी नेकेटिया र एमाइल स्मिथले एक–एक गोल गरे । जितसँगै समूह बी विजेताको हैसियतले आर्सनलले युरोपाको नकआउट चरणमा स्थान पक्का गर्यो ।
आर्टेटाको टिमले लिगका पछिल्ला ६ खेलमा एक पेनाल्टी गोलसहित दुई गोल मात्र गर्न सकेको छ । आर्सनलले लिगमा न त पर्याप्त गोल गर्न सकेको छ न त मिडफिल्डमा नै चित्तबुझ्दो खेल्न सकेको छ । त्यसकारण, पनि आर्टेटा दबाबमा थिए । आर्टेटाले पछिल्ला दुई खेलमा जो विल्लकलाई नम्बर दश बनाएर खेलाए पनि आर्सनलको आक्रमण सुध्रिएको थिएन । त्यसकारण, स्पेनिस प्रशिक्षकले भियनाका विरुद्ध ५–३–२ को संरचनाको प्रयोग गर्दै लाकाजेटलाई स्ट्राइकरको पछाडि खेल्ने भुमिका दिए । अन्नतः त्यो रणनीतिले काम गर्यो ।
आइतबार हुने टोटनहमसँगको खेलमा आर्टेटाले लाकाजेटलाई नम्बर दश बनाएर खेलाउने रणनीति तय गर्नेछन् वा फरक योजना बनाउनेछन् भन्ने टुङ्गो छैन । तर बिहिबार गोलसहित टिममा फर्केका लाकाजेटलाई लिग लिडर टोटनहमका विरुद्ध प्रयोग गर्नैपर्ने बाध्यतामा हुनेछन् आर्टेटा ।
गोल डटकमबाट

शुभमन गिल भारतीय टेस्ट टिमको नयाँ कप्तान

बुद्धिचाल प्रतियोगिता : ८ वर्षका बालकदेखि ६८ वर्षीय नागरिकसम्म भिड्दै

राष्ट्रिय महिला रग्बी सेभेन्स सोमबार

एफसी बार्सिलोनाका प्रशिक्षक फ्लिक एक वर्षको सम्झौता बढाउन सहमति

विश्वकपपछि मोड्रिचले मड्रिड छाड्ने

हेटौँडामा पहिलो पटक इ–स्पोटर्स अन्तर्गत फ्रि फायर प्रतियोगिता

जुडो टोली बङ्गलादेश प्रस्थान

प्रतिक्रिया