राजेश पायल राईको स्वरमा परदेशी छोरालाई फर्कन आह्वान

काठमाडौं : चर्चितगायक राजेश पायल राईको स्वरमा‘फर्कन छोरा’ बोलको गीतको भिडियो सार्बजनिक भएको छ । गीतमा केशव शर्मा दाहालको शब्द रचना तथा संगीत रचन्दु गोर्खालीको संगीत संयोजन रहेको छ । सार्वजनिक भिडियोमा विविध कारणले विदेशिएका युवाहरूको घरमा एक्लिएका बाबु–आमाको निरश जीवन र पीडाको कथा चित्रण गरिएको छ ।
केशव शर्मा दाहालकै प्रस्तुतिमा निर्माण भएको मार्मिक भिडियोमा नाट्य कर्म तथा चलचित्रमा सक्रिय कलाकारहरू कमलमणि नेपाल र सरिता गिरीले मुख्य भूमिकामा अभिनय गरेका छन् । उनीहरूका अलावा भिडियोमा अन्य रंगकर्मी कलाकारहरुको पनि अभिनय देख्न सकिन्छ । भिडियो ‘केशव एस. दाहाल अफिसियल’ युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ ।
प्रविण खतिवडाले निर्देशन गरेको भिडियोमा महेश पौडेलको छायांकन र कृष्ण भण्डारीको सम्पादन रहेको छ । भिडियोको छायांकन काभ्रेको रयाले, बनेपा, तिनपिप्ले लगायतका स्थानहरुमा गरिएको हो ।
हाल अमेरिकामा बसोबास गरिरहेका केशव शर्मा दाहालले आफ्नै स्वरमा यस अघि ‘चौतारीमा बसौंन पियारी’, ‘बैंशैमा लाको पिरती’, लगायतका गीतहरू सार्वजनिक गरिसकेका छन् । केही दिनअघि मात्र भानु जयन्तिको अवसर पारेर उनको ’भानु तिम्रो रामायणले’ बोलको भजन सार्वजनिक भएको थियो ।

चलचित्र 'रियाल रिङ्गेट'को ट्रेलर सार्वजनिक, दिल चस्काउने दृश्यहरू

‘बलिदान’को ६० फुट अग्लो विशाल पोस्टर सार्वजनिक, देशव्यापी प्रचार अभियान सुरु

किरण मानन्धरको विशेष चित्रकला प्रदर्शनी सुरु

गायन सम्राट रामकृष्ण ढकालको आक्रोश: ‘अति भयो, सहनै सकिएन !’

‘मुनामदनको ब्रेकअप’ फिल्मको घोषणा, राज कटुवाल अनुवन्धित

‘अनाम गजल गायन’मा सुनिए ७ स्रष्टा, सन्तोषले जिते श्रोताको मन

क्रिकेटरले आफ्नो बैबाहिक जीवन बिगारीदिएको आमिर खानको खुलासा

प्रतिक्रिया