काठमाडौँबाट जुम्ला जाँदै गरेको बसबाट ४० लाख समान बरामद
सुर्खेत : प्रहरीले ४० लाख २६ हजार मूल्य बराबरको अवैध मालसमान वरामद गरेको छ । काठमाडौँदेखि जुम्ला जाँदै गरेको ना ६ ख ६३३८ नम्बरको बसमा राखिएको ४० लाख २६ हजार ५३३ बराबरको अवैध मालसामानसहित बस चालक बाँकेको जानकी गाउँपालिका–२ का ४१ वर्षीय दलबहादुर बोहोरालाई सुर्खेतको भेरिगङ्गा नगरपालिकाको छिन्चु बजारदेखि नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।
बरामद गरिएको मालसमानमा विद्युतीय सामग्रीलगायत विभिन्न पाटपूर्जा रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी एवंं प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीले जानकारी दिए । बरामद गरिएको मालसमानसहित बसलाई आवश्यक कानूनी कारवाहीका लागि राजश्व अनुसन्धान कार्यालय कोहलपुर बाँकेमा पठाइएको प्रहरीले जनाएको छ ।
त्यसैगरी, प्रहरीले आज तीनजना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरेन्द्रनगर नगरपालिका–७ सुर्खेतका हर्कबहादुर विक कुटपिट मुद्दा, सोही नगरपालिका–२ का धर्मराज न्यौपाने सवारी ज्यान मुद्दा र सुर्खेत चौकुने गाउँपालिका– १० का नवीनकुमार बम चेक अनादर मुद्दाका छन् ।
अदालतको फैसला कार्यान्वयन गर्न थालिएको अभियानअन्तर्गत विशेष सूचनाका आधारमा पक्राउ परेका तीनै जनालाई जिल्ला अदालत सुर्खेतसमक्ष बुझाइएको प्रहरी नायब उपरीक्षक घर्तीले बताए । त्यस्तै, लेपिस नामको ढुङ्गाजस्तो देखिने खनिज पदार्थसहित चार जनालाई पनि प्रहरीले पक्राउ परेको छ ।
पक्राउ पर्नेमा वीरेन्द्रनगर नगरपालिका–३ सुर्खेतका ३९ वर्षीय धनिराम सुनार, लेकवेशी नगरपालिका–५ सुर्खेतका २९ वर्षीय धिरेन्द्र शाही, सोही स्थानमा पैदल हिडिरहेका वीरेन्द्रनगर नगरपालिका–१२ सुर्खेतका ५२ वर्षीय हर्कबहादुर सुनार, र बनगाड कुपिण्डे नगरपालिका–९ सल्यानका ५५ वर्षीय भिमसेन बुढा रहेका छन् ।
पक्राउ परेका सबै जनालाई आवश्यक कारवाहीका लागि खनिज तथा भू–गर्भ कार्यालय वीरेन्द्रनगर सुर्खेतमा पठाइएको प्रहरीले जनाएको छ ।

राशिफलमा यस्तो छ आज तपाईंको भाग्य

२८ लाख धरौटी बुझाएर मध्यराति दुर्गा प्रसाईं छुटे

कारागाबारबाट निस्केर प्रसाईले भनेः म मेरो लागी होइन देशकै लागी थिएँ, छु र …

सैनिक प्रवक्ता बस्नेतलाई पितृ शोक
_AHpHtro2k4_xeauxx07pbk0e8balzmi6oe3c5hl4dryvkcufknegbndhuq4uj3fflcnf9ux_2XNMcYRQYI_x23nubq0g9v0hzxancj1tff3qyxpkz4fqqeypzaflhk7vyvyaxoopatiqqdd_9i4itOWq33_dvbml0gvnjyooudwpp6xx2giud5ob03jsxbxtezb8sil34uzhozaecwllsux.jpg)
पशुपति क्षेत्रका यज्ञले धार्मिक पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने
_0Q0VUv201A_kvt31x87ukqaspt0vuudke45gt9vmpatmrq9ftfj2i8m6kiog2bq3yjrovlf_AFNUDpsKj6_15if3eshn3xxhedwwlg1hta5ucdhylnbxyernldnltz7aqcrujv0uuzzmnww_A3DxqOYBXA_qydzohbuqx6qc3soelnfq5co1vrusc2sapiwh0wix5cuvjp9wu5xfatfdgue_rc0WBSrQ3y_bicqfkfdwtxyo171jxygaxdpb3agvkbbo5beapjhuxwgpi7boltnklxtt48i_KBqAHzumYr_bugauevmqxkps2npfc8nqhpwfag9j8yhyfieqfcbra38ilk0hsuaeztf4uk0_LzBVp1uRNc_y0gfidvev0ogaaklctwbfya2wxdxthsvcwslxpsxrrbfbrcuuwjei0f0y7sf_S23lRROGx6_rf8ps4icgym8zybnv16toukd6ofz89h6ykvgel4lxqwraxahhqigui6cnqix_kenoyA7bOi_prbmif8ymiscwtxh8i19vjw1t3nrixalo0ustydub9gsnroywsfj3ac8bq7y_9e10PVHV8h_ryyhbn4wci48potrstufbgcr2gk0ektbaz1sctdraffsarntsihe7aujbz44.jpg)
महाकालीमा पानीको प्रवाह घट्यो

ट्रकको ठक्करबाट एक वृद्धको मृत्यु, एक घाइते

प्रतिक्रिया