३३ किलो सुनकाण्डका फरार प्रतिवादी भोजराज भण्डारी पक्राउ
अवैध मदिरा उत्पादन गर्ने चिनियाँ पक्राउ
काठमाडौँ : ३३ किलो सुनकाण्डका फरार प्रतिवादीलाई काठमाडौँको गौशालाबाट प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भोजे मामा भन्ने भोजराज भण्डारी रहेका महानगरीय प्रहरी परिसर काठमाडौँले जनाएको छ ।
उनी आपराधिक समूह स्थापना र सञ्चालन गरी सुन चोरी पैठारीको अवैध कारोवार, अपहरण तथा शरीर बन्धक र कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी भएको परिसरले जनाएको छ । मोरङ जिल्ला अदालतमा मुद्दा चलेकाले उनलाई आवश्यक अनुसन्धान पछि मोरङ पठाइने प्रहरीले जनाएको छ ।
अवैधरुपमा मदिरा उत्पादन गर्ने चिनियाँ पक्राउ
यसैबीच अवैधरुपमा मदिरा उत्पादन गरी बिक्री गरेको अभियोगमा काठमाडौँ महानगरपालिका–२६ ठमेल बस्ने ५६ वर्षीय सी झिवीलाई प्रहरीले पक्राउ गरेको छ । चिनियाँ नागरिकले अवैधरुपमा मदिरा उत्पादन गरी बिक्री गरिरहेको छ भन्ने सूचनाको आधारमा महानगरीय अपराध महाशाखा काठमाडौँबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
ठमेलमा होम स्विट स्मेल होटल एण्ड रेष्टुरेन्ट सञ्चालन गरी अवैध मदिरा उत्पादन तथा बिक्री गर्ने गरेको फेला परेको प्रहरीले जनाएको छ । उक्त होटलबाट चार वटा स्टिलको मेसिन, मदिरा जम्मा गर्ने ट्याङ्की, मदिरा तौल गर्ने मेसिन, मदिरा उत्पादनमा प्रयोग हुने ८० लिटरका ११३ थान ड्रममा रहेका कच्चा पदार्थ र बिक्रीको लागि तयार पारिएको मदिरासमेत प्रहरीले बरामद गरेको छ । रासस

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी २० वर्ष पछि पक्राउ

जुवातास खेलिरहेको अवस्थामा टोखाबाट १९ जना पक्राउ

बलात्कार गरेको आरोपमा दुईजना पक्राउ

म्याग्दीमा जिप खस्दा एकको मृत्यु, ४ घाइते

बालिकालाई वेश्यावृतिमा लगाएको आरोपमा गेस्ट हाउस संचालक पक्राउ

लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ

अल्बानिया पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ

प्रतिक्रिया