महाराजगञ्जमा हेल्मेट नलगाएपछि प्रहरीसँग पारस शाहको लफडा

काठमाडौँ : महाराजगञ्जको नारायणगोपाल चोकमा पूर्वयुवराज पारस शाह र प्रहरीबीच घम्साघम्सी भएको छ । हेल्मेट नलगाई मोटरसाइकलमा सवार रहेका शाहलाई प्रहरीले पक्राउ गरेर हेल्मेट नलगाउनुको कारणबारे सोधपुछ गरेको थियो ।
तर प्रहरीले एकपटक सम्झाएर जानुस भन्दा पनि नगएपछि प्रहरीसँग धकेलाधकेल गर्दै लफडा परेको हो । सामाजिक सञ्जालमा भाइरल भिडियोमा प्रहरीले पारसको हात समातेर जान आग्रह गरिरहेका छन् । तर पारस जान्न भन्दै बम्किएको भिडियोमा देख्न सकिन्छ ।
काठमाडौँ प्रहरी परिसरका प्रमुख एसएसपी अशोक सिंहले एकपटक समातेर पारसलाई छाडिएको जानकारी दिएका छन् । पारस बेला बेला प्रहरीसँग लफडा गर्ने गरेका छन् ।
साँझ साढे ७ बजे नारायण गोपाल चोकमा प्रहरीसंग पारसले झगडा गरेछ्न । हेल्मेट नलगाई मोटर साइकलमा यात्रा गरेको कसुरमा प्रहरीले उनलाई सोधपुछ गर्ने क्रममा। ।
— Lilu Dumre (@dumrelilu) July 30, 2021
भिडियो : सञ्चारकर्मी गणेश बुढा pic.twitter.com/aU6j9tff38

राशिफलमा यस्तो छ आज तपाईंको भाग्य

सेनाको ‘हायर कमाण्ड तथा म्यानेजमेन्ट’ तालिम सम्पन्न

कर्णाली विकास बैंक घोटाला प्रकरणमा पशुपति दयाल मिश्र पक्राउ

मङ्गलाका किसानलाई एक सय ८२ थान मिनिटेलर, मिल र थ्रेसर वितरण
असार १८ देखि २० गतेसम्म भारी वर्षाको सम्भावना

स्वस्तिश्री गुरुकुल आईबी वर्ल्ड स्कुलद्वारा 'एसजीमुन ४.०' आयोजना गर्दै

नक्सालमा मास्टर सेफ साहको ‘जनकपुर फिस हाउस’

प्रतिक्रिया