कता हराइन् सांसद विमला ?
माओवादी सांसद भन्छन्- राति गाडीमा आएर कोठाबाट लिएर गए

बुटवल- लुम्बिनी प्रदेशमा झनता समाजवादी पार्टी (जसपा) सांसद पुर्मती ढेंगा मगर सम्पर्कविहीन खबर सार्वजनिक भएको तीन दिन नबित्दै माओवादी केन्द्र रोजेकी दाङकी सांसद विमला वली शुक्रबार रातिबाट सम्पर्कविहीन भएकी छन् । लुम्बिनी प्रदेशमा सरकार अल्पमतमा परेको विपक्षी गठबन्धनले दाबी गरिरहँदा गठबन्धनमा रहेका सांसदहरू पालो गरिगरी सम्पर्कविहीन हुने घटनालाई अर्थपूर्णरूपमा हेरिएको छ ।
शुक्रबार अपरान्हसम्म बुटवलको नयाँ गाउँस्थित आफ्नै डेरामा रहेकी सांसद वली बेलुका ८ बजेतिरबाट सम्पर्कविहीन भएको प्रदेशसभामा माओवादी केन्द्रका सांसद आईपी खरेलले बताए । रातिको समयमा गाडी आएर कोठाबाट लिएर गएको स्थानीयलाई उदृत गर्दै सांसद खरेलले बताए । उनले मुख्यमन्त्री शंकर पोखरेलले एकपछि अर्को प्रतिगामी कदम चाल्दै गरेको आरोप लगाउँदै कुनै पनि षड्यन्त्र सफल नहुने बताए ।
उनले भने, ‘सत्तासिन साथीहरूले जबर्जस्ती आफ्नो पक्षमा तान्न खोज्दै हुनुहुन्छ, तर विमला कुनै पनि हालतमा उता जानुहुन्न’ खरेलले भने । सम्पर्कविहीन भएको खबर सार्वजनिक भएसँगै सांसद वलीको मोबाइलमा सम्पर्क गर्दा सम्पर्क भए पनि फोन उठेन ।
नेकपाबाट उप निर्वाचन लडेर बिजयी भएकी सांसद वली गत चैत्र महिनामा माओवादी पार्टी रोजेको भन्दै पत्रकार सम्मेलन गरेर माओवादी केन्द्रतर्फ सार्वजनिक भएकी थिइन् । प्रदेश सभा सदस्य ढेंगा सम्पर्कविहीन हुदाँ प्रहरी प्रशासनमा खोजी गरिदिन निवेदन परेको थियो तर यस पटक भने कुनै उजुरी नपरेको ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख मदन कुवँरले बताए ।
उता माओवादी प्रमुख सचेतक तुलाराम घर्तीले सबैतिर खोजी भए पनि सम्पर्कमा नआएको बताए । उनले सत्तापक्षले नै सम्पर्कविहीन बनाएको आशंका व्यक्त गरे ।

सुतिरहेको अवस्थामा १४ महिने शिशुलाई सर्पले डस्यो, अस्पताल लैजाँदालैजाँदै मृत्…
उच्च अदालत तुलसीपुरमा एक दशकयताकै बढी मुद्दा फर्छ्यौट, एक वर्ष नाघेका मुद्दा स…

वन्यजन्तुबाट बाली जोगाउन नसकेपछि टिमुरखेती

नदीमा डुबेर बेपत्ता दुई जनाकोे शव फेला

नेपालमा उत्पादित स्टिलजन्य उत्पादन भारत निर्यातमा रोक

दाङमा छुट्टाछुट्टै घटनामा चार जनाको मृत्यु

ऋण खोजेर थेरापी सेन्टरका कर्मचारीलाई तलब

प्रतिक्रिया