आइतबार ११ जेठ, २०८२
Sunday, May 25, 2025

'मेस्सीलाई बेचेको भए हुन्थ्यो'

काठमाडौं : बार्सिलोनाका कार्यबाहक अध्यक्ष कार्लेस टुस्कवेट्सले लियोनल मेस्सीलाई गत ‘समर विन्डो’ मै बेचेको भए हुने धारणा राखेका छन् । क्याटलन रेडियो आरएसी वानसँग बिहीबार कुरा गर्दै टुस्कवेट्सले मेस्सीलाई बेच्‍ने निर्णयले क्लबलाई आर्थिक रूपले नाफा हुने अभिब्यक्ति दिएका हुन् । 

‘मेस्सीलाई बेच्दा बार्सिलोनालाई आर्थिक रूपमा फाइदा हुने थियो । तर त्यसो गर्न प्रशिक्षकको सहमति आवश्यक पर्थ्यो । बार्सिलोना आर्थिक हिसाबले मजबुत अवस्थामा नरहेकाले मेस्सीको बिक्रीले क्लबलाई राहत मिल्थ्यो,’ टुस्कवेट्सले भने । 

मेस्सीलाई बेचेको भए उनले पाउँदै आएको ठूलो आकारको तलब बच्‍ने र त्यसले क्लबको बढ्दो घाटालाई पर्ति गर्नसक्ने उनको भनाइ थियो । मेस्सीको बार्सिलोनासँगको सम्झौता जारी सिजनको अन्त्यमा सकिँदैछ । बार्सिलोनासँगको सम्झौता सकिएसँगै मेस्सी आफूले चाहेको क्लब जान सक्नेछन् । जसबापत बार्सिलोनाले सरुवा रकम पाउने छैन । त्यसो त मेस्सीले यसै सिजनको सुरुवातामा क्लब छाड्ने इच्छा देखाएका थिए । 

गत अक्टोबर २७ मा तत्कालीन अध्यक्ष जोसेप मारिया र्बातोमोउले राजिनामा दिएपछि कार्यबाहक भूमिकामा रहेका टुस्कवेट्सले नेयमारको मेस्सीसँग खेल्ने चाहानामाथि पनि टिप्पणी गरे । ‘नेयमार बार्सिलोना आउन चाहान्छन् भने स्वागत छ । तर उनलाई खरिद गर्न हामीसँग आर्थिक स्रोत छैन । 

कि त नयाँ अध्यक्षले जादु गर्नप-यो कि त भएका खेलाडी बेच्‍नुप-यो । नत्र अरु उपाय छैन । तर उनी ‘फ्रि एजेन्टका रुपमा भने बार्सिलोना आउन सक्छन्,’ टुस्कवेट्सले भने । कोभिड-१९ का कारण बार्सिलोनाको आर्थिक अवस्था बिग्रेको तर दर्शक रंगशाला आउन थालेपछि राहत मिल्ने उनको भनाइ थियो । (इएसपिएन)