नेता छान्न जसपा संसदीय दल बैठक जारी

काठमाडौं - जनता समाजवादी पार्टी नेपाल (जसपा) को संसदीय दलको बैठक दुई घण्टादेखि सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा जारी छ । बैठकको मुख्य एजेण्डा संसदीय दलको नेता चयन रहेको सांसद् तथा नेता महेन्द्र राययादवले जानकारी दिए ।
दलको नेता चयनका लागि पार्टीद्वारा गठित निर्वाचन समितिले निर्वाचन तालिकासहित विधि र प्रक्रिया सार्वजनिक गरेको छ। बैठकमा सकभर सर्वसहमतिमा दलको नेता चयनको प्रयास गर्ने तर सहमति नजुटे निर्वाचन मार्फत दलको नेता चयन गर्ने तयारी भइरहेको छ ।
स्रोतका अनुसार दलको नेताका लागि पूर्वप्रधानमन्त्री तथा पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादवले चाहना राखिरहेका छन् । तर यादवको पक्षमा धेरै सांसद भएकाले यादव नै हुने सम्भावना प्रवल रहेको स्रोतले बतायो ।
दलको बैठकमा २१ जना संघीय सांसदको उपस्थिति छ।

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया