एमाले एकतामा अझै कुरा मिलेन, स्थायी समितिकाे बैठक बस्दै

काठमाडौँ - दुई खेमामा स्पष्ट रुपमा विभाजित एमाले पार्टीको एकता छिटो टुंग्याउनुपर्ने निष्कर्ष निकाल्ने विघटित कार्यदलको छ। एमाले संसदीय दलको कार्यालय सिंहदरबारमा शनिबार विघटित कार्यदल सदस्यहरु बसेका थिए । उनीहरुले जतिसक्दो छिटो एकता गर्नुपर्ने बताएका छन् । समय घर्कदै जाँदा देशी विदेशी शक्तिले पार्टी फुटाउने खेल खेलेको आरोप पनि उनीहरुको छ ।
एकतामा ढिलाई हुँदा पार्टीलाई आगामी निर्वाचनमा निकै कठिन पर्ने भन्दै त्यो क्षति कम गराउन नेतृत्व तहमा तत्काल सहमती आवश्यक रहेको उनीहरुले निश्कर्ष निकालेका छन् । अव केहीबेरमा चल्ने स्थायी समितिको बैठक अघि उनीहरुले यस्तो छलफल गरेका हुन । अध्यक्ष केपी शर्मा ओलीले शनिबार दिउँसो स्थायी कमिटी बैठक बोलाएका थिए ।
छलफलपछि नेता गोकर्ण विष्टले पार्टी एकताका सम्बन्धमा देखिएका कतिपय अल्झन वा समस्यालाई समाधान गर्ने तर्फ सबै लागि परेको पनि उनले बताए । एकता गरेर अघि बढ्नुको विकल्प नभएको भन्दै त्यसमा दुवै पक्ष उत्तिकै गम्भीर हुन आवश्यक रहेको पनि उनले बताए । ‘आजको बैठकमा हामीले यस्तै विषयमा छलफल गरेका हौ,’ उनले भने ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया