आइतबार २५ जेठ, २०८२
Sunday, June 08, 2025

वेष्ट इन्डिजविरुद्ध पाकिस्तानको गतिलो सुरुवात

काठमाडौँ : वेष्ट इन्डिजसँगको दोस्रो टी–ट्वान्टी क्रिकेटमा पाकिस्तानले गतिलो सुरुवात गरेको छ । प्रोभिडेन्समा टस हारेर पहिले ब्याटिङ थालेको पाकिस्तानले १४ ओभरको खेल सकिदा १ विकेट गुमाएर ११३ रन बनाएको छ ।

उसका लागि मोहम्मद रिजवान र कप्तान बाबर अजामले ६७ रनको साझेदारी गरेका छन् । यसअघि पहिलो टी–ट्वान्टी खेल वर्षाका कारण नतिजाविहीन भएको थियो ।