आइतबार १८ साउन, २०८२
Sunday, August 03, 2025

एनआइसी एशिया ब्यालेन्स फन्डले ३० प्रतिशत प्रतिफल दिने

काठमाडौँ : एनआईसी एशिया ब्यालेन्स फन्डले सेयरधनीहरूलाई ३० प्रतिशत प्रतिफल दिने घोषणा गरेको छ । शुक्रबार एनआईसी एशिया क्यापिटलको सञ्‍चालक समितिको बैठकले यस्तो निर्णय गरेको हो ।

एनआईसी एशिया बैंक म्युचुअल फन्डअन्तर्गत सञ्चालित यो योजनाले ईकाइधनीहरूलाई लाभांश दिन लागेको हो । यो योजनाले २२ करोड ६५ लाख रुपैयाँ प्रतिफल वितरण गर्नेछ ।