पाकिस्तानमा नेपाली टेनिस खेलाडीलाई सफलता

काठमाडौँ : पाकिस्तानमा सम्पन्न आइटीएफ इस्लामावाद जुनियर्स यु–१८ टेनिस प्रतियोगितामा नेपालका आरभ सम्राट हाडा र अकी जुवेन रावतको जोडीले बोइज डबल्स तर्फको उपाधी जितेका छन् । त्यस्तै अभिलाषा विष्टले गल्र्स डबल्स तर्फको उपाधी जितेकी हुन् ।
बुधबार सम्पन्न बोइज डबल्सको फाइनलमा हाडा र रावतको जोडीले पाकिस्तानका अहमद कामिल र मुहम्मद शोएबको जोडीलाई ३–६, ६–२ र १०–८ को सेटमा पराजित गरे ।
गल्स डबल्सको फाइनलमा बिष्ट र रुसकी एरिना भालिटोभाको जोडीले मागारिटा ओखेनडोभाकाया (युक्रेन) र जोहा असिम (पाकिस्तान) को जोडीलाई पराजित ६–३ र ६–५ को सेटमा पराजित गरे ।
त्यस्तै गल्र्स सिङगल्स तर्फ बिष्टले रजत पद प्राप्त गरिन् । उनी उपाधी भिडन्तमा रुसकी भालिटोभासँग ६–१ र ६–२ ले पछि परिन् । डिसेम्बर ३० बाट सुरु भएको प्रतियोगितामा आयोजक पाकिस्तान बोहक रुस, स्पेन, अमेरिका, बेलायत, अस्ट्रेलिया, जापान र युक्रेनका खेलाडीहरुले भाग लिएका थिए ।

शुभमन गिल भारतीय टेस्ट टिमको नयाँ कप्तान

बुद्धिचाल प्रतियोगिता : ८ वर्षका बालकदेखि ६८ वर्षीय नागरिकसम्म भिड्दै

राष्ट्रिय महिला रग्बी सेभेन्स सोमबार

एफसी बार्सिलोनाका प्रशिक्षक फ्लिक एक वर्षको सम्झौता बढाउन सहमति

विश्वकपपछि मोड्रिचले मड्रिड छाड्ने

हेटौँडामा पहिलो पटक इ–स्पोटर्स अन्तर्गत फ्रि फायर प्रतियोगिता

जुडो टोली बङ्गलादेश प्रस्थान

प्रतिक्रिया