प्रदेश सांसदको प्रश्न : मन्दिरमा सर्ने कोभिड-१९ रक्सी भट्टिमा सर्दैन ?

राजविराज : प्रदेश २ का प्रदेशसभा सदस्य मोहम्मद समिमले चाडपर्वको बेला शक्तिपीठ र मन्दिरहरुमा लगाइएको निषेधाज्ञाको भर्त्सना गरेका छन् । उनले शनिबार विज्ञप्ति जारी गर्दै चाडपर्वमा सरकार र प्रशासनद्वारा गरिएको सो कार्यलाई धार्मिक आस्थमाथिको हस्तक्षेपको संज्ञा दिएका हुन् ।
सप्तरी निर्वाचन क्षेत्र ३ (क) बाट निर्वाचत उनले कोभिड-१९को संक्रमण रोकथाम तथा नियन्त्रण गर्न राज्यले निर्वाह गर्नुपर्ने भूमिकाभन्दा संघीय र प्रदेश सरकारले प्रतिकूल व्यवहार देखाउँदै आएको विज्ञप्तिमा भनिएको छ ।
‘जनता माझ कोभिड-१९ समस्यालाई सरकारले झन् भयावह बनाएर प्रस्तुत गर्दै आफ्नो कमी कमजोरी ढाकछोप गर्ने तथा सत्ता लम्ब्याउने षड्यन्त्र भइरहेको तथ्यवाट आमजनता अनभिज्ञ छैनन् ।’
एकातिर कोभिड-१९को भयावह अवस्थालाई देखाउँदै सनातन हिन्दू धर्मावलम्बीहरुको धर्म, परम्परा, संस्कार, आस्था र आत्मासँग जोडिएको दशैंजस्तो महान् पर्वको अवसरमा मठ-मन्दिर तथा शक्ति पीठहरुमा लामो निषेधाज्ञा लगाइएको र अर्कोतर्फ मदिरा पसल, होटेल तथा रेस्टुरेन्ट खुलै राखेको उनले आश्चर्य व्यक्त गरेका छन् । ‘बजार व्यवस्थित गर्न सकिएको छैन, यातायातको अवस्था पनि उस्तै छ । राजनीतिक दलहरूलाई पार्टी प्रवेशलगायतका कार्यक्रमहरु गर्न कुनै बन्देज छैन,’ उनले प्रश्न गरेका छन्‘के मन्दिरमा मात्रै कोभिड-१९ फैलिन्छ ? अन्य ठाउँको भीडभाडमा कोभिड-१९को प्रभाव शून्य हुन्छ र ?’
दशै हिन्दुहरुको पर्व मात्रै नभइ नेपालीहरूकै महान चाड भएको स्मरण गराउँदै दशैं जस्तो अवसरमा मठ-मन्दिरमा निषेधाज्ञा जारि गर्नु भनेको धार्मिक आस्था माथि प्रहार मात्रै नभई हजारौं गरीब विपन्नहरूको रोजीरोटीमाथिको हस्तक्षेप भएको पनि उनले प्रष्ट पारेका छन् । ‘मन्दिरमा फुल माला बेच्नेदेखि लिएर मन्दिर पुग्नेहरुको साईकलरमोटर साईकल पार्किङ गरेर राखिदिने जस्ता काममा लागेका हजारौं परिवारका लागि यो पर्व रोजगारको माध्यम पनि हो,’ उनले भनेको छन्-‘मुलुकमा कोभिड-१९ फेला परेको आठ महिना बितिसक्दा सरकार के गरेर बस्यो ?’

‘मौलिक संस्कृति मासेर बहुराष्ट्रिय कम्पनी फस्टाउँदैन’

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर भूकम्प

अन्तर्राष्ट्रिय शान्तिवक्ता भक्तपुरमा

आइतबारदेखि काठमाडौँ उपत्यकामा बदली हुने

राशिफलमा यस्तो छ आज तपाईंको भाग्य

भूकम्पको दशक : भत्किएका संरचना अझै अधुरा

प्रतिक्रिया