११ कम्पनीको सेयर मूल्यमा उच्च वृद्धि

काठमाडौँ - ११ कम्पनीको सेयर मूल्यमा उच्च वृद्धि भएको छ । जसमध्ये पाँच कम्पनीको सेयर मूल्यमा सर्किट ब्रेकर नै लागेको छ । घलेम्दी हाइड्रोपावर, सिनर्जी पावर डेभलपमेन्ट, कालिका पावर कम्पनी, ग्रिनलाइफ हाइड्रोपावर र युनिभर्सल पावर कम्पनीको सेयर मूल्य बढेर सर्किट ब्रेकर लागेको हो ।
जीवन विकास लघुवित्त, ङादी ग्रुप पावर, एभरेष्ट इन्स्योरेन्स कम्पनी, सिइबिडी हाइड्रोपावर, माउन्टेन हाइड्रो नेपाल र रैराङ हाइड्रोपावरको सेयर भाउमा ९ प्रतिशतभन्दा बढी दरमा वृद्धि भएको हो ।
नेप्से परिसूचक भने एक दशमलव २५ अंकले बढेर ३०८१.०५ बिन्दुमा पुगेको छ ।
कारोबारमा आएका १३ समूहमध्ये सात समूहका परिसूचक कमजोर छन् । सबैभन्दा ठूलो वृद्धि जलविद्युत् समूहमा देखिएको छ । १२ अर्ब १० करोड रुपैयाँ बराबर सेयर कारोबार भएको छ । एक लाख १७ हजार चार सय ९० पटकको कारोबारमा तीन करोड कित्ता सेयर किनबेच भएको छ ।

रैथाने कृषि उपजलाई बजारीकरण गर्दै ढिकी जाँतो

सुनको मूल्य बढ्यो, प्रतितोला कतिमा कारोबार हुँदैछ?

सिरहा छोटी भन्सारको राजस्व सङ्कलनमा वृद्धि

आजको लागि विदेशी मुद्राको विनिमय दर

कजारियाको नयाँ शोरूम बनेपामा उद्घाटन

इन्फिनिक्सको १८ महिनाको वारेन्टी र निःशुल्क स्क्रीन रिप्लेसमेन्ट अफरसहित ग्राहक स…

नापतौल ठगीको कसुरमा दुई हजारभन्दा बढी कारबाहीमा

प्रतिक्रिया