चीन र जापानबाट एक सातामा ३२ लाख डोज खोप आउने

काठमाडौँ । सरकारले कोभिड नियन्त्रणका लागि सय दिने योजना तयार पार्ने भएको छ । आइतबार सिंहदरबारमा बसेको बैठकमा गृहमन्त्री बालकृष्ण खाणले यस्तो योजना सुनाएका हुन् । उनले एक साताभित्रै ३२ लाख डोज खोप ल्याउने बताएका छन् । जसमा १६ लाख चीनबाट र बाँकी १६ लाख जापानबाट आउनेछ ।
त्यस्तै ४० लाख डोज फाइजर खोप खरिदका लागि आवश्यक प्रक्रिया अघि बढाउने बताए ।
आजको बैठकमा स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठ, गृह सचिव महेश्वर न्यौपाने, प्रहरी महानिरीक्षक शैलेस थापा क्षेत्री, सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल राष्ट्रिय अनुसन्धानका प्रमुख गणेश अधिकारी लगायत सहभागी थिए ।
मन्त्री खाणले कोभिड नियन्त्रण चुनौतिपूर्ण रहेकाले सबैको सहकार्य र समन्वय आवश्यक रहेको बताए । कोभिड नियन्त्रणमा स्वास्थ्य मन्त्रालयले गृहमन्त्रालयसँग समन्वय गर्नुपर्ने आवश्यकता देखिएकाले साेही अनुसार काम गर्ने सरकारको योजना रहेकाे उनको भनाइ छ ।
कोभिडको तेस्रो लहर आउनुअघि नै तयारी अवस्थामा बस्न सबैलाई खाणले आग्रह गरे । उनले होल्डिङ सेन्टर निर्माण सन्तोषजनक नभएको भन्दै सबैको ध्यानाकर्षण पनि गराए । त्यस्तै सीमामा कोभिड खोप लगाउने व्यवस्था मिलाउन स्वास्थ्यराज्यमन्त्रीलाई पनि गरे । उनले अक्सिजनको व्यवस्था मिलाउन पनि सबैलाई आग्रह गरे ।

आँखा उपचार सेवा विस्तार गर्न स्वास्थ्य मन्त्रालय र नेत्रज्योति सङ्घबीच सम्झौता

बिहेमा खाजा खाँदा जन्तीसहित एक सयभन्दा बढी बिरामी

डेंगु सङ्क्रमणको जोखिम बढ्ने, सतर्कता अपनाउन आग्रह

अब एआईले सम्झाउने छ श्वासप्रश्वाससम्बन्धी बिरामीलाई इन्हेलरको प्रयोग गर्न

गर्मीको फल जामुन खानुहोस्, मधुमेहवाट टाढा रहनु होस्

गर्मीको सुपर फुड करेला, झुक्किएर पनि नखानुहोस् यी चीजसँग

सरकार र आन्दोलनरत आवासीय चिकित्सकबीच चार बुँदे सहमति

प्रतिक्रिया