नेपाली सेनाको कायम मुकायम प्रधान सेनापति शर्मा

काठमाडौँ - नेपाली सेनाका बलाधिकृत रथी प्रभुराम शर्मालाई कायममुकायम प्रधान सेनापति तोकिएको छ । शर्मालाई राष्ट्रपति विद्यादेवी भण्डारीले साउन २६ गतेदेखि लागू हुने गरी शर्मालाई कायम मुकायम प्रधानसेनापति तोकेकी हुन् ।
सेनाका प्रधान सेनापति महारथी पूर्णचन्द्र थापाको तीन वर्षे कार्यकाल भदौ २४ गते सकिँदैछ । आफ्नो तीन वर्षे कार्यकालको पदावधि सकिनु एक महिनाअगावै साउन २५ गतेदेखि थापा घरबिदामा बस्ने भएपछि जेष्ठता क्रममा रहेका शर्मालाई सैनिक ऐन २०६३ को दफा ८(३) अनुसार मन्त्रिपरिषद्को सिफारिस अनुसार कायम मुकायम प्रधानसेनापति तोकिएको हो ।

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया