शुक्रबार २९ चैत, २०८१
Friday, April 11, 2025

बंगलादेशले रोहिंग्यालाई पठायाे 'भसन चार टापू'

एक लाख शरणार्थीलाई सारिँदै

तस्बिर : एएफपी

काठमाडौँ : बंगलादेशले कक्स बजार वरपरको शिविरमा  बस्दै आएका एक हजार ६ सय  शरणार्थीलाई भसन चार टापूतर्फ पठाएको छ । करिब एक लाख रोहिंग्या शरणार्थीलाई नयाँ टापूमा सार्ने योजना अन्तर्गत शुक्रबार असुरक्षित भनिँदै आएको त्यस ठायँतर्फ पठाइएको हो ।

उक्त टापू सामुद्रिक सतहबाट निकै कम उचाइमा रहेको र शरणार्थीलाई त्यहाँ सार्नु असुरक्षित हुने विभिन्न मानव अधिकारवादी समूहहरूले बताउँदै आएका छन् । उनीहरूले विरोध जनाए पनि बंगलादेशको सरकारले शरणार्थी सार्ने कामलाई अघि बढाइरहेको छ।

सन् २०१७ मा म्यानमारको सेनाले अल्पसङ्ख्यक रोहिङ्ग्या समुदायमाथि चलाएको कारबाहीपछि विस्थापित बनेका करिब १० लाख शरणार्थीहरू बंगलादेश र अन्य एशियाली मुलुकहरूका विभिन्‍न स्थानमा बस्दै आएका छन् । ती मध्ये करिब आठ लाख शरणार्थी बंगलादेशमा रहेको उल्लेख गरिएको छ ।

बंगलादेश सरकारले कम उचाइ रहेको टापूमा आफूहरूलाई सार्न लागेको भन्दै शरणार्थी त्यसतर्फ जान अनिच्छुक रहेको भएपनि सरकारकाो दबाबपछि उनीहरू त्यसतर्फ गएको उल्लेख छ । उनीहरूलाई सामुद्रिक सतहबाट कम उचाइ रहेको टापूमा सार्दा शिविरलाई सामुद्रिक छालले डुवानमा पार्नसक्ने मानवअधिकारवादी समूहहरूको भनाइ रहेको छ । रासस