थप २ हजार ५ सय ६८ जनामा कोभिड संक्रमण, १८ जनाको मृत्यु

काठमाडौँ - नेपालमा आइतबार थप २ हजार ५ सय ६८ जनामा कोभिड संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ८ हजार ४ सय २ पिसिआर परीक्षणका क्रममा १ हजार ९ सय ८१ र ४ हजार २ सय ३४ एन्टीजेन परीक्षणका क्रममा ५८७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
यो संगै नेपालमा संक्रमितको संख्या ७ लाख ५९ हजार ३०७ पुगेको छ । त्यस्तै कोभिडका कारण थप १८ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा ९ हजार ८ सय ७५ जनाले कोभिडका कारण ज्यान गुमाएमा छन् ।
त्यस्तै थप २ हजार २० संक्रमित निको हुँदा हालसम्म नेपालमा ६ लाख ५६ हजार १९७ जना संक्रमणमुक्त भएका छन् । हाल नेपालमा ३१ हजार २९८ सक्रिय संक्रमित आइसोलेसन र ३७५ जना क्वारेन्टाइनमा छन् ।

सुदूरपश्चिममा कोरोनाविरुद्ध ‘फाइजर’ खोप लगाइँदै

कोरोना भाइरसविरुद्धको १६ लाख ६८ हजार मात्रा खोप आयो

कोरोना भाइरसविरुद्धको फाइजरको ‘मनोभ्यालेन्ट’ खोप ल्याइयो

कोरोनाको नयाँ भेरियन्ट ‘केपी’ : सङ्क्रामक तर कम घातक

सीरम इन्स्टिच्युटले भन्यो- डिसेम्बर २०२१ देखि नै कोभिशिल्डको उत्पादन बन्द छ

एक हप्तामा २८ जनामा कोरोना सङ्क्रमण

सुदूरपश्चिममा एकै दिन सात जनामा कोरोना पुष्टि

प्रतिक्रिया