आइतबार करिब दुई लाखले कोभिडविरुद्धको खोप लगाए

काठमाडौँ- आज आइतबारमात्रै करिब दुई लाख मानिसले कोभिडविरुद्धको खोप लगाएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा एक लाख ९५ हजार १३२ जनाले खोप लगाएका हुन्।
पछिल्लो समय नेपालमा कोभिडविरुद्धको पहिलो र दोस्रो मात्रा भेरोसेलको खोप लगाउन थालिकएको छ । मन्त्रालयका अनुसार नेपालमा कोभिडविरुद्धको दुवै मात्रा पूरा गरेका १८ लाख १३ हजार ४७१ छन् । पहिलो मात्रा मात्रै लगाएका ४० लाख ६४ हजार २८८ जना छन् ।
केही साताअघि अमेरिकाबाट ल्याइएको जोनसन एण्ड जोसनसको जान्सिन खोप पनि लगाउन थालिएको छ । जान्सिन खोप कुल ६ लाख २७ हजार ७३८ जनाले लगाएका छन् ।
त्यसैगरी भेरोसेल पहिलो मात्रा २२ लाख ३५ हजार ८०४ र दोस्रो मात्रा सात लाख २५ हजार ४२५ जनाले लगाएका छन् । कोभिसिल्डको पहिलो मात्रा लगाउनेको संख्या १३ लाख ६८ हजार १७६ र दोस्रो मात्रा लगाउनेको संख्या चार लाख ६० हजार ३०८ जना छ ।
मुलुकमा कोभिडविरुद्धको चार वटा खोपले मान्यता पाएको छ । भारतको कोभिसिल्ड,चीनको भेरोसेल र अमेरिकाको जान्सिन खोपले मान्यता पाएको हो ।

ललितपुर महानगरले गरिदियो एकल महिला र सरसफाइकर्मीको स्वास्थ्य बीमा

यी ६ लक्षण छ ? हुनसक्छ मृगौला फेल

पाकेकाे भन्दा काँचो आँप खादाँ यस्तो हुनेछ ४ फाइदा

स्वास्थ्य मन्त्री पाैडेल अस्पताल भर्ना

डिजिटल स्वास्थ्य सुधारमा नेपाल प्रतिबद्ध छः मन्त्री पौडेल

थाइल्याण्डमा क्रियाशील नेपाली स्वास्थ्यकर्मीसँग मन्त्री पौडेलद्वारा सुझाव संकलन

दुर्गम क्षेत्र खोक्सिकमा स्वास्थ्यचौकी भवन निर्माण

प्रतिक्रिया