स्थानीय तहको अधिवेशन असोज ९ भित्र सक्ने एमाले निर्णय
काठमाडौँ - प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले स्थानीय तहका कमिटीको अधिवेशनको तयारी गरेको छ । आज आइतबार तुल्सीलाल स्मृति प्रतिष्ठानमा बसेको स्थायी कमिटी बैठकले सबै स्थानीय तहको अधिवेशन असोज ९ गतेभित्र गरिसक्ने महासचिव ईश्वर पोखरेलले जानकारी दिए ।
बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै पोखरेलले स्थायी कमिटी बैठक भोलि पनि बस्ने जानकारी दिए । उनले साउन २४ गते केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय भएको पनि बताए ।
त्यस्तै बैठकले साउन २३ गतेभित्र पार्टी सदस्यता नवीकरण र अद्यावधिक गर्न जिल्ला कमिटीलाई निर्देशन दिएको छ । भदौ २७ र २८ गतेका लागि तय गरिएको विधान अधिवेशन सम्पन्न गर्नका लागि सदस्यता नवीकरणलाई तोकिएको समयमै सम्पन्न गर्न सुझाव दिएको पोखरेलले बताए । त्यस्तै बैठकले असोज ३ गते वडा तहको अधिवेशन गर्ने खाका तयार पारेको हो।

नेकपा एसले रामकुमारी झाक्रीलाई सोध्यो स्पष्टीकरण

राप्रपाले रुपन्देही ३ को उपनिर्वाचनका लागि उम्मेदवारको सूची पठाउन दियो निर्दे…

पार्टीले स्पष्टिकरण सोधेको भन्ने बिषय निराधार : रामकुमारी झाँक्री

नेपालमा लगानी गर्न स्पेनका व्यवसायीलाई प्रधानमन्त्री ओलीको आह्वान

आज तीनवटा संसदीय समितिका बैठक बस्दै

तरुण दलको महाधिवेशन मङ्सिर २६ देखि २८ गतेसम्म हुने

पशु कल्याण ऐन चाँडै ल्याउने सरकारको प्रतिबद्धता

प्रतिक्रिया