निःशुल्क खोप भन्दै कार्ड प्रमाणीकरणमा अस्पतालको लुट

काठमाडौँ- महामारीमा वैदेशिक रोजगारमा जाने कामदाहरूबाट कोभिडविरुद्धको खोप लगाएको प्रमाणीकरण कार्ड बनाउँदा पनि उपत्यकाका दुई अस्पतालले शुल्क लिएको पाइएको छ । सिभिल अस्पताल र शुक्रराज वैदेशिक रोजगारमा जाने कामदारको खोप प्रमाणीकरण कार्ड बनाएको शुल्क लिएको पाइएको हो ।
सरकारले नि:शुल्क खोप उपलब्ध गराए पनि अस्पतालहरू करोडौ रकम असुल्ने धन्दामा लागेका छन् । कोभिड महामारीमा रेमिट्यान्स पठाउनुअघि खोप कार्ड बनाएको नाममा उनीहरू शुल्क तिर्न बाध्य भएका हुन् ।
जोन्सन एण्ड जोन्सन खोप लगाएका ६ लाख २७ हजार ७३८ जनाले मात्र प्रमाणीकरण गर्दा पनि ३१ करोड ३८ लाख ६९ हजार रकम असुल हुने देखिन्छ । त्यसमध्ये पछिल्लो समय वैदेशिक रोजगारमा जानेहरूले दैनिक शुल्क तिरी खोप कार्ड प्रमाणीकरण गरिरहेका छन् ।
खोप लगाएका राकेश तामाङले खोप प्रमाणीकरण कार्ड बनाउँदा इकागजलाई सिभिल अस्पताललाई तीन सय रुपैयाँ तिरेको बताए । सरकारले निशुःल्क खोप कार्ड बनाउन निर्देशन दिए पनि अस्पतालले खोप कार्ड बनाउँदा मनलाग्दो शुल्क लिने गरेको उनको भनाइ छ ।
कार्ड बनाउन रकम दाखिला नगरेमा खोप कार्ड निर्माण प्रक्रिय अघि नबढाउने बताएपछि शुल्क तिर्न बाध्य भएको तामाङले बताए । खोप निशुल्क पाएकाे तर खोप लगाएको कार्ड बनाउँदा आर्थिक भार परेको उनको भनाइ छ ।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा राजुमान महर्जनले खोप प्रमाणीकरण कार्ड शुल्क तिरेका छन् । अस्पतालमा पाँच सय रुपैयाँ तिरेको उनले बताए ।
खोप कार्ड बनाउन आउनेको संख्या भीडभाड बढेकाले खोप लगाएको प्रमाणीकरण गरेको शुल्क लिन थालेको सिभिल अस्पतालकी प्रमुख प्रशासकीय अधिकृत रन्जना नेपालले बताइन् । उपत्यकाका अन्य अस्पतालले खोप प्रमाणीकरण गरेको शुल्क लिन थालेकाले हामीले पनि अरु अस्पतालको कम शुल्क लिएको उनको भनाइ छ ।
'महामारीमा काम गर्नुछ । सरकारका मानिसले हामीलाई निर्देशन दिन्छन,' उनले भनिन्, 'हामीलाई तलमाथि केही भएमा कसले हाम्रो ज्यानको सुरक्षा गर्छ । काम गरेबापत राज्यबाट हामीलाई सेवा सुविधा प्राप्त हुँदैन त्यसैले हामीले लिएका हौ ।'
सरकारले वैदेशिक रोजगारमा जानेलाई खोप प्रमाणीकरण गर्न सुरुवातीमा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताललाई मात्र अनुमति दिएको थियो । प्रमाणीकरण गर्नेको संख्या बढी हुन थालेपछि उपत्यकामा तीनवटा अस्पताल थप गरेको थियो । सिभिल अस्पताल, पाटन अस्पताल र शशस्त्र प्रहरी अस्पतालमा थपेको थियो ।
वैदेशिक रोजगारमा जानेहरूलाई खोप कार्ड निशुल्क व्यवस्था गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह-प्रवक्ता डा. समिर कुमार अधिकारीले बताए । कुनै पनि अस्पताललाई शुल्क लिनलाई निर्देशन नदिएको उनको भनाइ छ ।
'खोप प्रमाणीकरण गर्दा जुन-जुन अस्पतालले शुल्क लिएका छन तिनिहरूलाई पुनः शुल्क नलिन परिपत्र गरिन्छ,' उनले भने,' सरकारको निर्देशन अटेर गरेमा सुविधा कटौती गरिन्छ ।'
यो पनि
कोभिड–१९ खोप लगाएको प्रमाणपत्र निःशुल्क दिनू: स्वास्थ्य मन्त्रालय

आँखा उपचार सेवा विस्तार गर्न स्वास्थ्य मन्त्रालय र नेत्रज्योति सङ्घबीच सम्झौता

बिहेमा खाजा खाँदा जन्तीसहित एक सयभन्दा बढी बिरामी

डेंगु सङ्क्रमणको जोखिम बढ्ने, सतर्कता अपनाउन आग्रह

अब एआईले सम्झाउने छ श्वासप्रश्वाससम्बन्धी बिरामीलाई इन्हेलरको प्रयोग गर्न

गर्मीको फल जामुन खानुहोस्, मधुमेहवाट टाढा रहनु होस्

गर्मीको सुपर फुड करेला, झुक्किएर पनि नखानुहोस् यी चीजसँग

सरकार र आन्दोलनरत आवासीय चिकित्सकबीच चार बुँदे सहमति

प्रतिक्रिया