सरकारविरुद्ध देशव्यापी प्रदर्शन गर्ने कांग्रेसको निर्णय

काठमाडौं : प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले मंसिर २९ गते सरकारविरुद्ध देशव्यापी प्रदर्शन गर्ने निर्णय गरेको छ । पार्टी सभापति शेर बहादुर देउवा निवास बुढानिलकण्ठमा बसेको पार्टी पदाधिकारी तथा पूर्व पदाधिकारी बैठकले सरकारविरुद्ध देशव्यापी आन्दोलन गर्ने निर्णय गरेको हो ।
कांग्रेस नेता रामचन्द्र पौडेलमाथिको दुर्व्यवहार, सरकारको अधिनायकवादी चरित्र, भ्रष्टाचार र सरकारको दमन नीतिविरुद्ध आन्दोलन गर्ने निर्णय गरेको कांग्रेसले जनाएको छ । बैठकपछि बरिष्ठ नेता पौडेलले राज्यले दमककारी र राज्य सर्वसत्ताबाद तर्फ जान लागेको भन्दै कांग्रेसले विरोध गर्न लागेको बताए ।
पौडेलले सरकार प्रतिगमनतर्फ उन्मुख रहेको भन्दै अब योभन्दा धेरै सहन नसक्ने र आफूमाथि भएको प्रहरी दमन सरकारी नीति अन्तरगत नै भएको उनले बताएका हुन् । पौडेलले सरकारलाई सचेत गराउन एकदिने बिरोध कार्यक्रम राखिएको जानकारीसमेत दिए । पौडेलले तनहुमा भएको पक्राउ र दमनको घटनापछि आफु अझैपनि स्वस्थ्य नभएको र दुखाई कायम रहेको दुखेसो गरेका छन् ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया