मैलुङको आइपिओ भर्ने आज अन्तिम दिन

काठमाडौँ - मैलुङ खोला जलविद्युत् कम्पनीको साधारण सेयरको बिक्री सोमबार (आज) बन्द हुने भएको छ । गत साउन १४ गतेबाट खुलेको आइपिओका लागि आवेदन दिने आज अन्तिम दिन रहेको कम्पनीले जानकारी दिएको छ ।
६ लाख ८४ हजार सात सय ४६ कित्ता साधारण सेयर निष्काशन गरेको थियो ।
यो जलविद्युत्को प्रति सेयर एक सय रुपैयाँका दरले साधारण सेयरको बिक्री खुलेको थियो । सात लाख ३६ हजार दुई सय ८६ कित्तामध्ये पाँच प्रतिशत अर्थात ३६ हजार आठ सय १४ कित्ता सामूहिक लगानी कोषका लागि बाँडफाँट गरिएको छ ।
जारी पुँजीको दुई प्रतिशत (१४ हजार सात सय २६ कित्ता) कर्मचारीका लागि छुट्याइएको छ । १० लाख कित्तादेखि एक लाख कित्तासम्म सेयरका लागि आवेदन दिन सकिने कम्पनीले जानकारी दिएको छ ।
आर्थिक वर्ष २०७७/७८ मा कम्पनीको प्रति सेयर आम्दानी २८.५४ रुपैयाँ पुग्ने प्रक्षेपण छ । यसको लगानी फिर्ता हुने अवधि ६ वर्ष दुई महिनाको छ । डिष्काउन्टेड लगानी फिर्ता हुने अवधि १० वर्ष ६ महिना छ ।

रैथाने कृषि उपजलाई बजारीकरण गर्दै ढिकी जाँतो

सुनको मूल्य बढ्यो, प्रतितोला कतिमा कारोबार हुँदैछ?

सिरहा छोटी भन्सारको राजस्व सङ्कलनमा वृद्धि

आजको लागि विदेशी मुद्राको विनिमय दर

कजारियाको नयाँ शोरूम बनेपामा उद्घाटन

इन्फिनिक्सको १८ महिनाको वारेन्टी र निःशुल्क स्क्रीन रिप्लेसमेन्ट अफरसहित ग्राहक स…

नापतौल ठगीको कसुरमा दुई हजारभन्दा बढी कारबाहीमा

प्रतिक्रिया