जनवरीदेखि कोभिड-१९ विरुद्धको खोप दिने क्यानडाको तयारी

ओटावा : क्यानडा सरकारले आगामी जनवरीदेखि आफ्नो देशमा कोभिड-१९ विरुद्धको खोप दिने तयारी गरेको छ । क्यानडामा खोप वितरण कार्यको जिम्मेबारी पाउनु भएका मेजर जनरल डेनी फोर्टीनले बिहीबार आयोजित पत्रकार सम्मेलनमा खोप वितरण गर्नेगरी तयारी भइरहेको जानकारी दिए ।
'यो धेरै गाह्रो काम हो, हामी गरिरहेका छौँ, जनवरीमा खोप आउने र तत्कालै हामीले वितरण गर्नेगरी तयारी गरिरहेका छौँ,' उनले भने । उनलाई क्यानडाको सरकारले गत हप्ता सार्वजनिक स्वास्थ्य सेवा सञ्चालन तथा व्यवस्थापन सम्बन्धी निकायको उपाध्यक्षको रुपमा नियुक्त गरेको थियो ।
सरकारी अधिकारी र सेनासँग मिलेर त्यस सम्बन्धी काम गर्ने जिम्मेबारी समेत उनलाई दिइएको छ ।उनले डिसेम्बर ७ देखि यस सम्बन्धी कामका लागि क्यानडाको सेना खटिने र डिसेम्बर २५ सम्ममा सबै तयारी पुरा हुने पनि विश्वास व्यक्त गरे । क्यानडामा अहिलेसम्म तीन लाख ९० हजारभन्दा बढी मानिस भाइरसबाट सङ्क्रमित भएका छन् भने १२ हजार ३०० भन्दा बढीको मृत्यु भएको छ ।

'वार्ता असफल भएमा अमेरिकी प्रविधि कम्पनीमा कर लगाउन सक्छ'

चिनियाँ राष्ट्रपति सी र स्पेनिश प्रधानमन्त्री सान्चेजबीच बेइजिङमा भेटवार्ता

पानी विवादमा मेक्सिकोलाई भन्सार कर लगाउने ट्रम्पको धम्की

ओमानको मध्यस्थतामा अमेरिका- इरान बिच भाेली बार्ता हुने

नाइट क्लबको छाना खस्दा ज्यान गुमाउनेको संख्या १८४ पुग्यो

अमेरिकाले भारत पठायो मुम्बई हमलाको मास्टर माइन्ड तहव्वुर राणा
चीनले अमेरिकाविरूद्ध विश्व व्यापार संगठनमा दियो उजुरी

प्रतिक्रिया