झन्डै फुटबल त्यागेका थिए ‘वन्डर किड’ मौकोकोले

काठमाडौँ- युसुफा मौकोकोले सानै उमेरमा नाम कमाए । उनले बोरुसिया डर्टमन्डको एकेडेमीबाट एक सय ४१ खेल खेल्दा ८८ गोल गरेका थिए । १५ वर्षको उमेरमा डर्टमन्डको सिनियर टिममा प्रवेश पाएका मौकोकोले गत नोभेम्बरमा नयाँ कीर्तिमान बनाए । उनी बुन्डेसलिगाको इतिहासकैै सबैभन्दा कम उमेरमा डेब्यु गरेका खेलाडी बने।
१६ वर्षको उमेरमा डेब्यु गरेका मौकोकोले हालै अन्तर्वार्ता दिएका छन् । त्यसमा उनले भनेका छन्, ‘सिनियर टिममा बढुवा हुन म सधैँ दबाबमा रहन्थे । सञ्चार माध्यममा सधैँ मेरो उमेरको कुरा भइरह्यो । मबाट धेरै नै अपेक्षा गरिएपछि मलाइ तनाव भयाे,’ मौकोकोले भनेका छन् ।
धेरै नै दबाब महसुस गरेपछि फुटबल नै छाडौँ कि जस्तो लागेको पनि मौकोकोले बताए । त्यस्तो अवस्थामा आफूलाई बोरुसियाको युवा टिमका प्रशिक्षक सेबस्टियन गेप्पेर्टले सहयोग गरेको जनाए । ‘मलाई लाग्यो दबाबका कारण म खेलिरहन सक्दिन । तर मलाई प्रशिक्षकले धेरै सहयोग गरे । जसकारण मैले मैदान छाडिन’ मौकोकोले भने ।
गत सिजन डर्टन्डका लागि हर्था बर्लिनविरुद्धको खेलबाट डेब्यु गरेका मौकोकोले १५ खेल खेले । उनले तीन लिग गोल गरे । आउँदो सिजन उनले थप खेल खेल्न पाउने र गोल संख्या पनि बढाउने विश्वास गरेका छन् । ‘गत सिजन भन्दा आउँदा सिजन बढी खेल्न पाउँछु भनेर आश गरेको छु । अनि पहिलो सिजनका भन्दा धेरै गोल र असिस्टको पनि आश छ । लक्ष्य अनुसारका सफलता पाउन सजिलो छैन । तर मौका पाए भने म क्लबलाई निराश बनाउने छैन’ मौकोकोले भनेका छन् ।

मीनाको ह्याट्रिकमा श्रीलङ्काविरुद्ध नेपालको शानदार जित

चीन सरकारद्वारा राखेपलाई विभिन्न सामग्री सहयोग

डेभिस कप छनोट पारदर्शी छ : नेपाल टेनिस संघ

राजेन्द्र केसी स्मृति हिमालयन ब्लिट्ज चेस शनिबार

सन्दीप लामिछानेको सम्मानमा रङ्गशाला बन्दै

अन्ततः शुभम गिलले तोडे विराट कोहलीको कीर्तिमान

इटाली पहिलो पटक टि-२० विश्वकपका लागि छनोट

प्रतिक्रिया