सेभचेन्को युक्रेनी राष्ट्रिय टोलीबाट बाहिरिए

काठमाडौँ- गत युरोमा युक्रेनलाई क्वार्टरफाइनल पुर्याएका आन्द्रे सेभचेन्कोले मुख्य प्रशिक्षकको पद छाडेका छन् । उनी सन् २०१६ मा युक्रेनको राष्ट्रिय टोलीको मुख्य प्रशिक्षमा नियुक्त भएका थिए । युक्रेनी फुटबल संघसँगको सम्झौता सकिएकाले सेभचेन्कोको मुख्य प्रशिक्षकको पदबाट बाहिरिएका हुन् ।
चेल्सी र एसी मिलानका पूर्वस्ट्राइकर रहेका सेभचेन्कोले इन्स्टाग्राममा लेखेका छन्,‘युक्रेनसँगको पाँच वर्षे बसाइ सकिएको छ । हामीले यी पाँच वर्षमा आक्रामक फुटबल खेल्ने प्रयास गर्यौं । मलाई राष्ट्रिय टोलीको मुख्य प्रशिक्षक बन्ने मौका दिएकोमा युक्रेनी फुटबल संघलाई धन्यवाद लिन चाहन्छु । अनि मलाई साथ दिने सबै खेलाडीलाई पनि धन्यवाद,’
सेभचेन्को युक्रेनका सर्वकालिन महान् फुटबलर हुन् । उनले जुलाई, २०१२ मा खेल करियरबाट सन्यास लिएका थिए । सन्यास लिनुअघि उनले युक्रेनका लागि एक सय ११ खेल खेल्दै ४८ गोल गरेका थिए । सुरुमा युक्रेनी राष्ट्रिय टोलीको सहायक प्रशिक्षक बनेका सेभचेन्कोलाई केही महिनापछि नै मुख्य प्रशिक्षकको जिम्मेवारी दिइएको थियो ।

मीनाको ह्याट्रिकमा श्रीलङ्काविरुद्ध नेपालको शानदार जित

चीन सरकारद्वारा राखेपलाई विभिन्न सामग्री सहयोग

डेभिस कप छनोट पारदर्शी छ : नेपाल टेनिस संघ

राजेन्द्र केसी स्मृति हिमालयन ब्लिट्ज चेस शनिबार

सन्दीप लामिछानेको सम्मानमा रङ्गशाला बन्दै

अन्ततः शुभम गिलले तोडे विराट कोहलीको कीर्तिमान

इटाली पहिलो पटक टि-२० विश्वकपका लागि छनोट

प्रतिक्रिया