पूर्वमाओवादीका चार नेताको सांसद पद पुनर्बहाली गर्न सर्वोच्चले दिएन आदेश

काठमाडौँ - माओवादी केन्द्र छाडेर एमालेमा गएका सांसदको खोसिएको पद फिर्ताका लागि गरिएको मागमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । सर्वाेच्च अदालतको आदेशमा माओवादी केन्द्रले गरेको कारबाहीको निर्णय कानुनसम्मत भएको उल्लेख छ ।
नेकपा माओवादी परित्याग गरी नेकपा एमाले प्रवेश गरेका चार नेताको रिटको सुनुवाइ आज न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासबाट सुनुवाइ भएको हो । प्रधानन्यायाधीश न्यायाधीश चोलेन्द्रशमशेर राणाले चार नेताको रिटको सुनसवाइका लागि न्यायाधीश खतिवडाको इजलासमा पेसी तोके थिए ।
माओवादी केन्द्रले दल त्याग गरेको भन्दै टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीलाई सांसद पदबाट हटाएको थियो । एमाले प्रतिनिधित्व गरेर विभिन्न कार्यक्रममा सरिक भइसकेका उनीहरुले आफूहरु अझै एमाले प्रवेश नगरेको दाबीसहित सांसद पदमा पुनर्बहाली गर्नुपर्ने मागसहित सर्वोच्च अदालतमा रिट दर्ता गरेका थिए ।

संविधानको महत्त्वपूर्ण कुरा उल्टाउने प्रयास हुँदैछः अध्यक्ष प्रचाण्ड

नेकपा एसले रामकुमारी झाक्रीलाई सोध्यो स्पष्टीकरण

राप्रपाले रुपन्देही ३ को उपनिर्वाचनका लागि उम्मेदवारको सूची पठाउन दियो निर्दे…

पार्टीले स्पष्टिकरण सोधेको भन्ने बिषय निराधार : रामकुमारी झाँक्री

नेपालमा लगानी गर्न स्पेनका व्यवसायीलाई प्रधानमन्त्री ओलीको आह्वान

आज तीनवटा संसदीय समितिका बैठक बस्दै

तरुण दलको महाधिवेशन मङ्सिर २६ देखि २८ गतेसम्म हुने

प्रतिक्रिया