न्यूनतम साझा कार्यक्रम आएपछि मात्रै मन्त्रिपरिषद्ले पूर्णता पाउने

काठमाडौँ - मन्त्रिपरिषद विस्तार गर्न नसकेको आलोचना खेपिरहेका प्रधानमन्त्री शेरबहादुर देउवालाई सत्तारुढ दलहरूबीच न्युनतम साझा कार्यक्रम तय गर्ने सहमतिसँगै केही राहत मिलेको छ । न्यूनतम साझा कार्यक्रम लगत्तै मन्त्रिपरिषद् विस्तार गरेर सरकार पूर्ण ढाँचाले अघि बढ्ने सहमति भएको बैठकमा सहभागी नेताहररुले बताएका छन् । सरकार बनेको तीन साता हुँदासमेत मन्त्रिपरिषद् पूर्ण बनाउन नसकेको र स्वास्थ्य क्षेत्रमा समत राज्यमन्त्रीबाट काम चलाउन परेको अवस्था छ ।
खोप खरिद गर्न कूटनीतिक डिल गर्ने मन्त्रालय खाली छ । अन्य दिनानुदिन काम गर्ने मन्त्रालयमा समेत प्रभाव परेको छ । कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीका शीर्ष नेताहरूबीच सोमबार बालुवाटारमा छलफल भएको थियो । हरेक दिन जस्तो छलफल हुने तर मन्त्रिपरिषद विस्तार गर्न नसक्ने अवस्था उनीहरूको छ ।
सबैको आ-आफ्नै दलभित्र समस्या हुँदा यस्तो अवस्था आएको हो । दलहरूले मंगलबार अबेरसम्म लगाएर भए पनि न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्ने र त्यसपछि मन्त्रिपरिषद् विस्तार गर्ने सहमति भएको बैठकमा सहभागी एक नेताले जानकारी दिए । न्यूनतम कार्यक्रमपछि मन्त्रिपरिषद् विस्तार गर्ने सहमति भएको जानकारी नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्काले दिए । ‘सरकार विस्तार, मन्त्रालय भागवण्डा र सरकारका न्यूनतम कार्यक्रमबारे छलफल भयो,’ उनले भने ।
छलफलमा प्रधानमन्त्री देउवा, माओवादी अध्यक्ष पुष्पकमल दाहाल र जसपाका अध्यक्ष उपेन्द्र यादव सहभागी थिए । शीर्ष नेताहरूबीच सरकारलाई प्रभावकारी बनाउनेबारे छलफल केन्द्रित भएको कांग्रेस महामन्त्री खड्काले बताए । महामन्त्री खड्का नै संयोजक रहेको कार्यदलले मंगलबारसम्म सरकारका न्यूनतम साझा कार्यक्रम तयार गरी शिर्ष नेतालाई बुझाउने छ । उनीहरू लगातार त्यसमा काम गरिरहेका छन् ।
खड्काको संयोजकत्वमा रमेश लेखक, देव गुरुङ, वर्षामान पुन, राजेन्द्र श्रेष्ठ र महेन्द्र राय यादव कार्यदलका सदस्य छन् । संयुक्त सरकारको प्राथमिकता साझा कामर्यक्रमलगायतमा टोलीले काम गरिरहेको छ । यसअघिको सरकारले बिगारेका विषय, विधिको र कानुनी शासन साथै सहमतिमा संविधान संशोधन, संघीयता कार्यान्वयन जस्ता जटिल कुराहरू पनि साझा कार्यक्रममा समेट्ने तयारी छ ।

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया