पद चाहिने नेताले महाधिवेशन कुर्नुपर्छ : पूर्वमन्त्री बाँस्कोटा

काभ्रे : पूर्वमन्त्री गोकुलप्रसाद बाँस्कोटाले नेकपामा अहिले पद चाहिने पार्टीको आउँदो महाधिवेशन कुर्न आग्रह गरेका छन् । उनले नेपाल सरकार तथा एशियाली विकास बैंक (एडीबी)को आर्थिक सहयोगबाट राष्ट्रिय पुनःनिर्माण प्राधिकरण केन्द्रीय आयोजना एकाइ (शिक्षा)को विपद् उत्थानशील विद्यालय परियोजनामार्फत काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका-१ सापिङस्थित रिठ्ठेमा शुक्रबार सेतीदेवी माध्यमिक विद्यालयको तीनतले १२ कोठे नवनिर्मित भवनको उद्घाटनका क्रममा नेकपामा पदको चाहना गर्नेले धैर्यता राखेर महाधिवेशन कुर्न आग्रह गरे ।
नेकपाका केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्यसमेत रहनुभएका बाँस्कोटाले महाधिवेशन कुर्न पनि धैर्यताको वैज्ञानिक आधार हुनुपर्ने बताए । 'पार्टीभित्र व्यक्तिगत आरोप–प्रत्यारोपमा उत्रनु हुन्न, यसले समस्या झन बल्झाउँछ, तथ्यगत रुपमा बहस–विमर्श हुनु जरुरी छ' उनले भने ।
उनले नेकपा मिलाउने जिम्मा नेकपाकै भएकाले नेकपा नफुट्ने दाबीसमेत गरे । 'नेकपा फुट्न पनि सक्दैन, फुट्न पनि दिइने छैन' उनले थपे । बाँस्कोटाले नेकपामा विवादमा अधिकतम सैद्धान्तिक, वैचारिक, राजनीतिक र तथ्यगत विषयको टुङ्गो लाग्नुपर्ने बताए । 'जनताको चाहना नेकपा एक भएको हेर्ने नै छ, छ-छ महिनामा सरकार फेरिएको हेरिरहेका जनताले पाँचवर्षे एउटै सरकार भएको हर्ने चाहना हो, त्यसमा पनि राजनीतिक स्थिरता मूल कुरा हो' उनले भने । (रासस)

विकासको काम जति चाँडो हुनु पर्दथ्यो, त्यो हुन अझै सकेको छैन : शंकर पोखरेल

वैदेशिक रोजगार क्षेत्रमा देखिएका समस्या सबै पक्ष मिलेर समाधान गर्नुपर्छ : श्रमम…

द्वन्द्वकालमा भएका अमानवीय र जघन्य अपराधलाई माफी दिन सकिँदैन् : प्रधानमन्त्री ओली

उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक सकियो, के-के भयो छलफल ?

आन्दोलनरत शिक्षकलाई मन्त्री गुरूङको प्रश्न : सरकारलाई अप्ठेरो पारेर राजतन्त्र ल्या…

राष्ट्रपति पौडेलद्वारा संसद अधिवेशन आव्हान

शिक्षकको माग सम्बोधन गर्न संसद्को अधिवेशन वैशाख १२ गते आह्वान गर्न सिफारिस

प्रतिक्रिया