महाकालीमा तुइन खोलिएको घटना : संसदीय छानबिन समिति गठन गर्न माग
काठमाडौँ - नेकपा एमालेका सांसद गणेशसिंह ठगुन्नाले दार्चुलामा भारतीय एसएसबीका जवानले तुइन खोलिदिँदा तुइनबाटै महाकाली तरिरहेका दार्चुलाका जयसिंह धामी बेपत्ता भएको घटनाको छानबिन गर्न संसदीय समिति गठन गर्न माग गरेका छन् । ठगुन्नाले आजको प्रतिनिधि सभाको बैठकमा यस विषयमा सरकारको ध्यानाकषर्ण गरेका हुन् ।
उनले यस घटनाका विषयमा चारबुँदामा ध्यानाकर्षण गराए । ‘दार्चुला खलंगा सडकलाई राष्ट्रिय गौरवको आयोजनाको सडक घोषणा गरियोस्,’ उनले भने, ‘त्यस्तै यो घटनाको छानबिनको लागि संसदीय समिति गठन गरियोस् । दोषी एसएसबीका जवानलाई कारबाही गरियोस् । मृतिकका परिवारलाई क्षतिपूर्ति उपलब्ध गराइयोस् ।’
उनसले गृहसहसचिवको संयोजकत्वमा छानबिन समिति बनाएको भन्दै आपत्ति जनाए । ‘सीमामा नेपाली नागरिकको हत्या हुँदा पनि भारतीय राजदूतलाई बोलाएर भारत सरकारलाई प्रश्न सोध्नुको साटो कर्मचारीको संयोजकत्वमा समिति बनाएर सरकारले लापरबाही गरेको छ’ उनले भने ।

विधान महाधिवेशनमा केन्द्रित हुन महासचिव पोखरेलको निर्देशन

कांग्रेस बैठकमा समसामयिक विषयमा छलफल जारी

रास्वपाको सचिवालय बैठकले गर्यो यस्तो निर्णयहरु

कोइरालाले चौधरीलाई लक्षित गर्दै भनेः पार्टीलाई चन्दा दिएकै भरमा सबैले नेता म…

संविधानको महत्त्वपूर्ण कुरा उल्टाउने प्रयास हुँदैछः अध्यक्ष प्रचाण्ड

नेकपा एसले रामकुमारी झाक्रीलाई सोध्यो स्पष्टीकरण

राप्रपाले रुपन्देही ३ को उपनिर्वाचनका लागि उम्मेदवारको सूची पठाउन दियो निर्दे…

प्रतिक्रिया