‘मनी हाइस्ट’को अन्तिम भाग : के प्रोफसरका सबै दाउ सकिएका हुन् ? (ट्रेलर)

अन्तिम सिजनसँगै शृंखला अन्त्य गर्ने घोषणा गरेको ‘मनी हाइस्ट’ले अन्तिम भागको पहिलो भोल्युमको ट्रेलर सार्वजनिक गरेको छ । नेटफ्लिक्सले केही समय पहिलेनै अन्तिम सिजन दुई भागमा आउने जनाएको थियो । योमध्ये पहिलो भाग सेप्टेम्बर ३ मा रिलिज हुँदैछ । सोमबार साँझ सार्वजनिक ट्रेलरमा स्पेनको ब्यांक कसरी युद्धभूमिमा परिणत हुन्छ भन्ने कुरा देखाइएको छ ।
यसअघिका शृंखलामा प्रोफेसरले अन्तिम समयमा स्पेन सरकारलाई रोक्ने कुनै न कुनै उपाय पत्ता लगाउँदै आएका थिए । तर, यो भागमा उनका सबै अस्त्र सकिएको र उनी भिड्ने मनस्थितिमा रहेको देखाइएको छ । त्योबाहेक ट्रेलरले फिल्मका मुख्य पात्र अलभारो मोर्टेलाई कसरी ब्लास्टमा उडाइन्छ र त्यसको रियाक्सन के रहन्छ भन्ने देखाइएको छ ।
केही समयअघि सार्वजनिक भएको टिजरमा यसको छोटो अंश देखाइएको थियो र फ्यान अलभारो गुमाउने कुराले दुःखी भएका थिए । तर, ट्रेलरको अन्तिम भागले अलभारो मात्र होइन धेरै चरित्रलाई फ्यानले गुमाउनु पर्ने संकेत गरेको छ । किनकि ट्रेलरमा सरकार र प्रोफेसरको ग्याङ भिडेको देखाइएको छ ।
‘मनी हाइस्ट’ विश्वको सर्वाधिक लोकप्रिय सिरिजमध्ये एकमा पर्छ । नेपालमा पनि यसका कम फ्यान छैनन् । यही कारण २४ घन्टा नबित्दै यसको ट्रेलर नेपालको युट्युब ट्रेन्डिङमा छ । यो समाचार तयार पार्दासम्म नेपालमा यो २२ औं नम्बरमा छ । यसरी विदेशी भाषाको ट्रेलर नेपालको ट्रेन्डिङमा पर्ने यदाकदा मात्र हुन्छ ।

भारतबिरूद्द बोले पछि हटाइयो ‘सनम तेरी कसम’को पाकिस्तानी अभिनेत्रीको तस्विर

जीवनकुमार प्रसाईंको पाँचौँ पुस्तक ‘कस्तो छ तिमीलाई’ प्रकाशित

'तोक्मा एप'को प्रवर्द्धनमा अभिनेता विल्सन विक्रम राई, ब्रान्ड एम्बासडरमा नियुक्त

‘ऊनको स्वीटर’को गीत ‘चाइनेजो जिन्दगानीमा’ले निरुता सिंहलाई सम्झायो 'दर्पण छा…

बुद्धिसागरको कथामा चलचित्र निर्माण

भाजपा सांसद कंगनाले गर्ने भइन् हलिउडमा डेब्यु

भारतले लगायो पाकिस्तानको मनोरञ्जन बजारमाथि प्रतिबन्ध, ओटीटी प्लेटफर्म बन्द

प्रतिक्रिया